नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 493 · वि.सं. २०२६

नि.नं. 493 — बहाल

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तत्काल प्रचलित अ.बं.१०६ नं.–मिलापत्र मुताविक जस्को जुन कुराको उपभोग गर्न पाउने हो, सो उपभोग गर्न नपाएमा–उपभोगको लागि उसैबाट दावी गर्नुपर्ने । मुख्यतः ९३।५।१६।२ को मिलापत्रमा आयस्ता बाहाल साविकै बमोजिम पुजाहारी भजनियाले लिई चलाउने भन्ने शर्त रहेको यदि प्रतिवादीले उक्त सालको आयस्ता बाहाल नबुझाई बाँकी राखेको भए मिलापत्र बमोजिम सो आयस्ता बाहाल लिन पाउने हक भएका पुजाहारी भजनियाहरूले नै कानूनबमोजिम उजूर गरी भराई लिनुपर्ने कुरा हुनाले त्यसमा वादी लालबहादुरको तत्काल प्रचलित अ.बं.१०६ नं. ले उजूर पुग्न नसक्ने प्रष्टै हुँदा पाटीको आयस्ता बाहाल तर्फ ०२३।४।२३ को डिभिजन बेञ्चले खारेज गरेको नमिलेको भन्न भएन । (प्रकरण नं. २२) (२) पाटी आदी (गुठी राखेको) र गुठी राख्नेको सन्तानको निजी दलान पसल आदि दुवै बहालमा बस्न पर्नें एक छाडी बाँकी एकलाई मात्र बहालमा लिन्छु भन्न नपाईने सर्त मिलापत्रमा उल्लेख भएमा उक्त मिलापत्र बमोजिम बाहाल नदिएमा पाटीबाट समेत उठाउन निम्ति दावा गर्ने अधिकार गुठी राख्ने दाताको सन्तान निज (दलान पसल मालिक) लाई हुने । पाटीको आयस्ता बाहालमा वादीको दावी पुग्न नसक्ने भए पनि सो पाटी गुठी राख्ने दाताको सन्तान र पछि सो पाटी बनाउने समेत वादी लालबहादुर नै देखिएको, पुर्खाको धर्म किर्ति थाम्ने हक दायित्व निजकै हुन आउने समेत हुनाले वादीले सो गुठीको पाटीबाट उठाई पाउँ भनी दावी गर्न पाउने २ तरहबाट हुन आउँछ । एक त बाहाल आयस्ता नतिरी बाँकी राखेमा दोश्रो दलान पसल छोेडेमा, प्र.हरीशंकरले पाटीको आयस्ता बाली बुझाए नबुझाएको जे होस वादीको दलान पसलको बाहाल नतिरी बाँकी राखेको छ भने दलान पसलको साथै गुठीको पाटी समेतबाट उठाई पाउँ भनी मिलापत्र अनुसार वादीले दावी गर्न पाउने नै हुँदा पाटीबाट उठाई पाउँ भन्ने तर्फ उजूर खारेज हुन्छ भन्न मिल्ने देखिएन । (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.493
मुद्दाको विषयबहाल
निर्णय वर्ष / मिति2026/03/31
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 493
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्