नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 495 · वि.सं. २०२६

नि.नं. 495 — ज्यान मार्ने उद्योग गर्योल

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आरोप लागेको व्यक्तिहरूको जिकिर फरक परेमा–आरोपित कसूर (जस्तो–घाउ खत) गरेकै ठहरिने । अदालतको सुरु बयानमा पिङ्ग खेल्ने ठाउँमा प्रतिवादी पक्षलाई मात्र चोटपटक लागेको र धनिराम समेत त्यहाँबाट घर आइसकेपछि निज प्रतिवादीहरू पञ्चायत भवनमा निजसँग भेटी कुरा गर्दासम्म धनिरामलार्र्र्ई चोटपटक केही लागी राखेको देखिन नआएको समेतबाट प्रतिवादीहरूको जिकिर मिल्न नआई फरक परेबाट धनिरामलाई लागेको घाउ खत निजहरूकै कर्तव्यबाट परेको देखिन आउने । (प्रकरण नं. २८) (२) मार्ने उद्धेश्यले मर्मस्थानमा हानी घा खत लागेको देखिएमा र सर्जमिनहरूको भनाईले पनि सो पुष्टी गरेमा ज्यानमार्ने उद्योग गरेकै ठहरिने । पुनरावेदकहरूले कसूर नगरेको भए ती सर्जमिनका व्यक्तिहरूले उल्लेख गरिएबमोजिम लेखाई दिनपर्ने अवस्था थिएन । घा खत हेर्दा टाउको देव्रे भागमा ७ १/२”,। १ १/२” गर्दन र छातीको बीचको भागमा ३ १/२”। १/४” देखिएकोबाट ज्यान मार्ने नै उद्देश्यले मर्मस्थानमै हानेको देखिने समेत भई त्यसबाट पनि पुनरावेदकहरूले ज्यानमार्ने उद्योग नगरेको भन्न मिल्ने भएन । (प्रकरण नं. ३०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.495
मुद्दाको विषयज्यान मार्ने उद्योग गर्योल
निर्णय वर्ष / मिति2026/02/17
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.ज्यु को राय ।
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 495
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्