नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 497 · वि.सं. २०२६

नि.नं. 497 — उखडा जग्गा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पुनरावेदन गर्न पाउने हक प्राप्त भएकोमा अड्डाको गल्ती सुस्तीले उक्त पुनरावेदनको म्याद पाउनमात्र बाँकी रहेको स्थितिमा सो म्याद पाउन पूर्व नै पुनरावेदन दर्ता भैसकेमा–उक्त पुनरावेदन कायम हुने र पछि अर्को पुनरावेदन दिन नपर्ने । उक्त ०२४।२।२२।२ को डिभिजन बेञ्चको निर्णयबाट वादीलाई पुनरावेदन गर्न पाउने हक प्राप्त भएकै र अड्डाको गल्ती सुस्तीले पुनरावेदनको म्याद पाउनसम्म बाँकी रहेको यस्तो अवस्थामा पुनरावेदन पर्न पाउने हक कायम भई रही पुनरावेदनको म्याद पाएपछि पुनरावेदन गर्न पाउने नै हुन्छ भने सो म्याद पाउन सो म्याद पाउनु भन्दा पहिले नै दर्ता गरिसकेको पुनरावेदनलाई कायम नहुने भन्न मिल्ने देखिँदैन किनकि त्यसो भन्दा पुनरावेदनको म्याद पाएपछि फेरि अर्को पुनरावेदन गर्नु परी पक्षलाई एउटै कुरामा दोहोरो दुःख हुन जाने हुन्छ । त्यसकारण वादीको दर्ता भइसकेको पुनरावेदन कायमै राखी उक्त पुनरावेदनबाट मुद्दाको औचित्यमा हेरी निर्णय दिन मिल्ने ठहराई २०२६।३।२७।६ को डिभिजन बेञ्चमा मा.न्या.श्री बब्बरप्रसाद सिंहले व्यक्त गर्नुभएको राय मनासिव छ । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.497
मुद्दाको विषयउखडा जग्गा
निर्णय वर्ष / मिति2026/04/07
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 497
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्