नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 512 · वि.सं. २०२६

नि.नं. 512 — उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४५ र ५०–ऋण निश्चितको कारवाई गर्दा बाँकी थैली (भोग बन्धकीको) लाई कपाली सरह ब्याज खानु भन्ने निर्णय गर्न नहुने । दफा ५० ले बाँकी साँवा किस्तावन्दीमा बुझाउन पाउने गरी आदेश दिनसम्म सक्ने व्यवस्था गरेकोले उक्त दफा ५० र ४५ अनुसार उपरोक्त उल्लेख भएबमोजिम सयकडा १० भन्दा बढी जति साँवामा कट्टागर्दा पनि साँवा बाँकीरहन आएकोमा भोगबन्धकी लिखत को रुपै बदली बाँकी थैलीको ब्याज खानु भनी निर्णय गर्ने व्यवस्था भएको देखिँदैन । यसरी दफा ५० बमोजिम बाँकी साँवा किस्तावन्दीमा बुझाउन पाउने गरी आदेश दिन सक्नेमा बाँकी थैली कपालीसरह हुनेगरी भू.सु.अ.ले गरेको निर्णय मिलेको देखिएन । (प्रकरण नं. १२) (२) कुनै निर्णयमा केही भाग मिलेमा र केही भाग नमिलेमा उक्त नमिलेको अनधिकृत भाग मात्र बदर हुने । भू.सु.ऐनले दिएको अधिकार भित्र रही ऋण निश्चितको कारवाई गर्दा बाँकी थैलीको रुपनै परिवर्तन गरी कपाली सरह ब्याज खानु भनी गरेकोसम्म भू.सु.अ.को निर्णय अनधिकार देखिंदा त्यस्तो अनधिकृत कामलाई मान्यता दिन नमिल्ने हुँदा नमिलेको हदसम्म अर्थात साँवामा कट्टा गर्दै लगी बाँकी हुन आएको भोगबन्धकी थैलीलाई कपाली सरह गरी थैलीको प्रकृतीमा नै परिवर्तन ल्याउने गरी ब्याज खानु भनी गरेको निर्णय हिस्सासम्म बदर गर्नुपर्ने ठहर्छ । सम्पूर्ण निर्णय बदर गर्नेगरेको डि.बे.को आदेश मिलेको देखिएन । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.512
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने
निर्णय वर्ष / मिति2026/02/28
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 512
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्