नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 504 · वि.सं. २०२६
नि.नं. 504 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा १८–यस दफाअन्तर्गत जग्गा जफत गर्नु पूर्व उक्त ऐनको दफा १४ मुताविक लगत प्रकाशित गरी भूल सच्याउने अवसर नदिएमा र फाराममा अभिभावक भनी लेख्नुपर्नेमा हकवाला भनी लेखेको कारणबाट जग्गा जफत नहुने । भूमिसुधार अधिकारीले भु.सं.ऐन, ०२१ को दफा १८ अन्तर्गत जग्गा जफत गर्नु भन्दा अगावै सोही ऐनको दफा १४ बमोजिम लगत प्रकाशित गरी भुल सच्याउने अवसर नदिएको नदेखिएको र साथै रुपनारायणलाई फाराममा अभिभावक भनी लेखिनुपर्नेमा हकवाला भनी लेखेकोलाई जग्गा नै जफत गर्नुपर्ने किसिमको अपराध पनि सम्झनु नपर्ने देखिएकोले समेत स.अ.फुल बेञ्चको ०१४।१।१९।३ मितिको निवेदक रामसकल सिंह राजपुत विपक्ष भू.सु.अधिकारी बारा कलैया भएको निर्णय अनुसार यो भू.सु.कार्यालय रुपन्देहीले गरेको ०२३।१।१८।४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुनेठहर्छ । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 504 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2025/05/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 504 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
