नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 510 · वि.सं. २०२६
नि.नं. 510 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निजामती सेवा नियमावली, २०२१ को नियम १० (२)–स्पष्टिकरण लिई नोकरीबाट अवकाश गर्नु भन्ने आदेश नि.से.नी. १० (२) अनुसार सजाय दिने अधिकार प्राप्त अधिकारीले दिएमा–स्पष्टिकरण लिई स्पष्टिकरण सन्तोष जनक नभएको भनी वरखास्त गरेमा–अधिकार प्राप्त अधिकारीले आदेश दिई आफैले कारवाई गरेको भन्न नमिल्ने । खुद दौडाहा अञ्चलाधीश आफैले आदेश दिएको हो अधिकार सुम्पेको होईन भन्ने विद्वान सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिलको बहसका हकमा अञ्चल अधिकारीबाट भएको आदेशानुसार भनी निवेदक हटाइएको भए खुद दौडाहा अञ्चलाधीशबाट कारवाई भएको भन्न मिल्थ्यो । तर अञ्चल अधिकारीले स्पष्टिकरण लिई स्पष्टिकरण सन्तोषजनक नभएको भनी बर्खास्त गरेको देखिएको छ । तसर्थ दौडाहा अञ्चलाधीशले आदेश दिई आफैले कारवाई गरेको भन्न मिल्ने ठाउँ देखिएन । (प्रकरण नं. ९) (२) गैरकानूनी कारवाईमा पुनरावेदनको प्रश्नै नउठ्ने–कानूनी अधिकार प्रयोग गरी भएको कारवाई आदेशउपर मात्र पुनरावेदन लाग्ने । पुनरावेदनमा नै यी सव कुराको जिकिर लिन सकिन्छ भन्ने तर्कका हकमा विभागीय प्रमुखबाट कारवाई भई बर्खास्त भएको भए पुनरावेदनको बाटो अपनाउनु पर्ने थियो, तर प्रस्तुत केशमा नि.से.नियमावली, २०२१ को नियम १०–१ (६) बमोजिम सजाय दिन अधिकार पाएको दौडाहा अञ्चलाधीशले कारवाई नगरी अञ्चल अधिकारीलाई कारवाई गर्न लगाएको देखिनाले त्यस्तो अधिकार दिनै नहुने र अञ्चल अधिकारीले कानूनबमोजिम अधिकार पाएको पनि नदेखिंदा त्यस्तो अधिकारीबाट कारवाई भएको गैरकानूनी हुने र त्यस्तोमा पुनरावेदन दिने प्रश्न नउठ्ने कानूनी अधिकार प्रयोग गरी भएको कारवाई आदेशउपर मात्र पुनरावेदनको व्यवस्था भएको देखिन्छ । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 510 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2024/08/14 |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 510 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
