नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 508 · वि.सं. २०२६

नि.नं. 508 — बाली भराई जग्गाबाट निष्काशन गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) हालको जग्गाको नाप ठहर अनुसार पाउनुपर्ने बाली भन्दा बढी बालीको दावा गरी कचमच गरी बुझी नलिई आलटाल गरी धरौट राख्ने म्याद पनि गुजारेको देखिएमा–बाली नबुझाएको कारण मोहीलाई जग्गावाट निष्कासित गर्न नहुने । हालको नापीबाट कायम भएको नाप ठहरबमोजिम जग्गा मात्रको बाली पाउनेमा साविक दर्ता रोपनी ३।२ कै बाली भराइपाउँ भनी दावी गरी नालिस गर्ने वादीहरूले घरसारमा रोपनी ३।२ कै बाली पाउनुपर्छ भनी दावी गरेन होलान भन्न नमिल्ने अर्को कुरा प्रतिवादी धनकुमारीले ०२१ सालको बाली पहिलेको जग्गा पनि बेखराजलाई बुझाइपाउँ भनी मालमा धरौट राखेकी समेतबाट निज बाली नबुझाई घिगन्याही गर्ने नियतको मानिस नदेखिएकी समेत हुँदा प्रतिवादीको भनाई जिकिर अनुसार वादीहरूले पनि आफूले पाउनुपर्ने भन्दा बढी बाली दावी गरी कचमच उठाई नबुझी दिएका र वादीहरू देउरानी जेठानी नाताका मानिस हुँदा प्रतिवादीले तत्कालै अड्डामा आई धरौट राख्न समेत नसकी सो ०२२ सालको बाली बाँकी रहन गएको रहेछ भन्ने देखिन आउँछ । तसर्थ हालको नाप ठहर बमोजिम मात्रको बाली पाउनुपर्नेमा वादीहरू आफूले पनि कचमच उठाई पाउनुपर्ने भन्दा बढी बाली दावी गरी नालिस गरेको समेत यस्तो अवस्थामा मोहीलाई जग्गाबाट निष्काशन गर्न न्यायोचित हुन नआउने समेत हुन्छ । प्रतिवादी धनकुमारीलाई जग्गाबाट निष्काशन गर्न नपर्ने ठहराई ०२५।१।३।२ को डिभिजन बेञ्चमा मा.न्या.श्री नयनबहादुरले व्यक्त गर्नुभएको राय मनासिव छ । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.508
मुद्दाको विषयबाली भराई जग्गाबाट निष्काशन गरिपाउँ
निर्णय वर्ष / मिति2026/06/14
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 508
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्