नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 502 · वि.सं. २०२६
नि.नं. 502 — बाली लुटपिट
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) साविक अ.बं.१८१ हालको अ.बं.१३९ नं.को व्यवस्था कस्तोलाई नलाग्ने ?–प्रतिवादी जस्तै कारणी हुनसक्ने व्यक्ति बुझ्न सक्नेसम्म भएको साविक अ.बं.नं.१८१ साविक अ.बं.१३९ नं.को व्यवस्था वादी कायम हुनपर्ने अवस्थाको व्यक्तिलाई लागू नहुने । त्यसको हकमा वादी प्रतिवादीको पेटबोलीमा लेखिएको प्रतिवादी सरह कारणी हुन सक्ने मानिस बुझ्नेसम्म कुराको लागि भएको उक्त साविक अ.बं.१८१ हालको अ.बं.१३९ नं. को व्यवस्था वादी कायम हुनुपर्ने अवस्थाका मानिसको हकमा लागू हुन नसक्ने । (प्रकरण नं. १५) (२) ऐन मुताविक उजूर दावी बेगर साविक १७२ नं. हालको १३३ नं. अनुसार कागज गराई हक बेहकको ठहर गर्न नहुने । ऐनबमोजिम उजूर दावी चाहिने कुरामा साविक अ.बं.१७२ हालको अ.बं.१३३ नं. बमोजिम कागज गराई हकबेहकको निर्णय लिन पनि नमिल्ने प्रष्टै छ । (प्रकरण नं. १५) (३) लिखतपास हुनु पूर्वको हकमा पास नभएको लिखतबाट हक दावी पुग्न नसक्ने । पास हुनुभन्दा अगाडिको हकमा पास नभएको लिखतबाट जग्गामा साहूको हक दावी पुग्न नसक्ने समेत हुनाले प्रस्तुत मुद्दामा दावी भएको ०१४ सालको बालीको हकमा जग्गा हक बेहकको र मुख्यतः प्रतिवादी लेखाईबाट हिसाव उठेको जग्गा हक बेहक सम्बन्धी यस्तो कुरामा पहिले परिराखेकै मुद्दाबाट वादीको दावी गराई हक बेहकको निर्णय मिल्ने कानूनी व्यवीस्था नभएको । (प्रकरण नं. १५) (४) प्रतिवादीले लुटपिट गरेको होईन भनी वादीको साक्षीले बकेमा–दावी बमोजिम वादीले सबूद प्रमाण प्रस्तुत गर्न नसकेमा–लुटपिट ठहराउन नहुने । यस मुद्दाबाट वादी दावीबमोजिम लुटपिट गरेको हो होईन भन्नेसम्म कुराको निर्णय दिनुपर्नेमा वादीकै साक्षी सतौना थारुले पनि प्रतिवादीले वाली लुटपिट गरी लगेको होइन भनी बकेको वादी दावीबमोजिम लुटपिट गरी लगेको हो भन्ने कुराको कुनै सबूद गुज्रन नआएको समेत हुँदा सबूद प्रमाणको अभावमा लुटपिट ठहराउन मिल्ने देखिन आएन । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 502 |
|---|---|
| मुद्दाको विषय | बाली लुटपिट |
| निर्णय वर्ष / मिति | 2026/05/13 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 502 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
