नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 465 · वि.सं. २०२६
नि.नं. 465 — बाहाल दिलाई घर चलन चलाई पाँउ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) महत्वपूर्ण सबूद भए दोहर्याई हेर्न मिल्ने, सो नभए नमिल्ने भन्ने बक्स भइआएको हुकुम प्रमांगीको व्यहोरा भएकोमा–प्रस्तुत सबूद महत्वपूर्ण नदेखिएमा दोहर्याई हेर्न नमिल्ने । हुकुम प्रमांगीको व्यहोराबाट महत्वपूर्ण सबूद भए दोहर्याई हेर्न मिल्ने, सो नभए नमिल्ने भई सर्वप्रथम सबूदतर्फ हेरिएमा वादी निवेदकले महत्वपूर्ण सबूद भनी सागरमल सोथलीया माडवारी विरुद्ध हुलासचन्द्र गोल्छा माडवारीको लेनदेन मुद्दाको मिति २०१८।९।२२।६ मा फुल बेञ्चबाट भएको फैसलाको नक्कल पेश गरेको देखियो । उक्त मुद्दामा धितो चलन चलाई दिनुपर्ने हो वा कपाली सरह रुपैंयाँ दिलाई दिनुपर्ने हो भन्ने प्रश्नको विचार भई ब्याज प्रतिवादीले वादीलाई दिनुपर्ने निर्णय भएको, उक्त फैसला प्रस्तुत मुद्दामा महत्वपूर्ण सबूद नदेखिएको र सो बाहेक निवेदकले अरु कुनै महत्वपूर्ण सबूद छ भनी भन्न र पेश गर्नसमेत नसकेकाले प्रस्तुत मुद्दा दोहर्याई हेर्न मिल्दैन । (प्रकरण नं. २)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 465 |
|---|---|
| मुद्दाको विषय | बाहाल दिलाई घर चलन चलाई पाँउ |
| निर्णय वर्ष / मिति | 2025/07/23 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 465 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
