नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 474 · वि.सं. २०२६

नि.नं. 474 — डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कसैबाट (सर्जमिनहरूको समेत) झुठ्ठा कुरा बक्नु पर्ने कारणको अभावमा–मौकैमा वारदात नभएको भन्न नसकेमा र पुलिस केशवाट वारदात भएको भन्ने देखिएमा–वारदात भएको ठहरिने। ती सर्जमिनहरूले झुठ्ठा बयान गर्नुपर्ने कुनै कारण नदेखिएको, टिकुलिया गाउँमा हल्ला गरेको सुन्नासाथ ह.कृष्णबहादुर लिम्बु साथ खटाउँदा भोली सहनीको घरमा डाँका परेको रहेछ । भोलीको छोरा सीताराम भन्नेले उत्साहपूर्वक डाँकाको हातमा भएको हतियार खोस्न संघर्ष हुँदा हुँदै जवानहरू पुग्नासाथ डाँकाहरू भागी गएको भन्ने गौर व्यारेकबाट गौर ठानालाई लेखेको पत्रमा उल्लेख भएको, व्यारेकका जवानहरूले झुठ्ठा कुरा गर्नुपर्ने कुनै कारण नदेखिएकोमा पनि निवेदक प्रतिवादीहरू समेतले मौकैमा अदालतमा बयान गर्दा पनि वारदात भएको छैन भनी भन्न नसकेका, जाहेरवाला भोली सहनी निजको छोरा सीताराम सहनी वारदातमै भएको भनेको भोली सहनी दुलारचन्द सहनीसमेतका आङ्ग जीउमा घा खत भएको पुलिसकेश फारामबाट देखिनाले समेत वारदात भएकै देखिंदा वारदातै भएको हैन भन्ने विद्वान वरिष्ठ अधिवक्ताको तर्कमा सहमत हुन मिलेन । (प्रकरण नं. १४) (२) पोलिएको व्यक्तिलाई कसैले पक्रन मद्दत गरे वा पक्री सम्बन्धित कार्यालयमा दाखिल गरेमा–उक्त सहयोग अनधिकृत नहुने । डाँका भएको थाहा पाई सो ठाउँमा गई पक्राउ भएकोलाई सुरक्षासाथ राखी पोलिएकोलाई पक्राउ गर्न मद्दत गरी पक्राउसमेत गरी प्रहरी कार्यालयमा बुझाएको व्यारेकका मिलेटरीहरूको सहयोगलाई अनधिकृत भन्न नमिल्ने । (प्रकरण नं. १५) (३) कसैलाई कसैबाट अपराधमा फसाउन पर्ने कारण नभएमा–वारदात गर्ने एक व्यक्ति (एक भन्दा बढी व्यक्तिहरू भएमा) को घरमा कुनै (डकैतीको) माल बरामद नभएमा पनि निजको साविती कागज, सरजमितसमेतको प्रमाणबाट आरोपित कसूर गरेको कुरा समर्थित भएमा–उक्त कसूर गरेकै देखिने । त्यसरी निवेदकहरूलाई झुठ्ठा वारदात खडा गरी डाँका जस्तो भयानक अपराधमा फसाउनै पर्ने सम्मको रिस इवि कारण पनि केहि नदेखिएको, निवेदकहरूको घरमा डकैतीको माल फेला नपरेको भन्ने हकमा वारदात गर्ने यिनीहरूमात्र नभई अरु पनि हुँदा डकैती गरेको माल अरुका साथमा पर्न गई वरामद हुन नसकेको पनि हुनसक्ने, मदिसले प्रहरीमा गरेको साविती कागज उल्लेखित सर्जमिन समेतका स्वतन्त्र प्रमाणबाट समर्थन हुनआएको हुनाले समेत निवेदक प्रतिवादीहरूलाई समेत कसूरदार ठहराई फैसला गरेको जिल्ला अदालत रौतहट र नारायणी अञ्चल अदालतको समर्थन गरेको डिभिजन बेञ्चको २०२४।१।१०।१ को इन्साफ मुनासिव ठहर्छ । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.474
मुद्दाको विषयडाँका
निर्णय वर्ष / मिति2025/10/04
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 474
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्