नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 481 · वि.सं. २०२६
नि.नं. 481 — जग्गा आयस्ता दिलाई पाँउ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बेदाममा जग्गा हडप गरे भन्ने गुनासो विद्यमान भएमा पनि भएको हुकुम प्रमांगीमा सवै मुद्दा हेर्नु भन्ने नभएमा र जग्गाको हक बेहकको निर्णय गरी जालसाजीमा सजाय गर्न माग निवेदनमा अंकित नभएमा–बाली दिलाउने र जग्गा चलन (मोही निष्काशन) बिषय जिल्ला अदालतको अधिकार क्षेत्र बाहिर हुने । त्यस्तै ०२३।२।२७ गतेमा दिएको निवेदनमा भएको हुकुम प्रमांगी बमोजिम जो भूमिसुधार बिषेश अदालतबाट कारवाई भएकोछ, त्यसमा केही फरक छ कि भनी हेर्दा वास्तवमा वादीको जग्गा वेदाममा हडप गरे भन्ने गुनासो नै देखिएको छ तापनि सवै मुद्दा हेर्नु भन्ने हुकुम प्रमांगी पनि नभएको र जग्गासमेत हकबेहक छुट्याई जालसाजीमा सजाय गरिपाउँ भन्ने निवेदनमा उल्लेख पनि नभएकोले समेत प्रस्तुत मुद्दा धान मकै बाली दिलाउने र जग्गा चलन (मोहि निष्काशन) बिषय जिल्ला अदालतको अधिकारक्षेत्रमा नपर्ने देखिएकैछ । (प्रकरण नं. १७) (२) जग्गा भोगबन्धकीको थैली नबुझाएसम्म जग्गा आसामीले कमाई आयस्ता बाली साहूलाई बुझाउने र नबुझाए सो जग्गा भोगबन्धकी तमसूकसरह साहूले उपभोग गर्नपाउने मिलापत्र (अड्डा अदालतमा नभएको) शर्तको आधारमा सो बोल कबोल अनुसार बाली (मकै धान) को दावी लिएमा उक्त मुद्दा भू.सु.विशेष अदालतको अधिकारक्षेत्र भित्र पर्ने । भोगबन्धकीवाला साहू भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ बमोजिम बन्धकीमा भोग चलन गरुन्जेल जग्गावाला सरह हुनजाने र जग्गा कमाउने आसामी मोही हुनआउने हुँदा त्यस्तो थैली र बाली तिर्ने शर्त भएको मिलापत्र भनेको आधार लिई कवुल बमोजिमको धान मकै पाउँ भन्ने किसिमको दावी गरेको यो मुद्दा भूमिसुधार विशेष अदालतको अधिकार क्षेत्र भित्र पर्न आउने प्रष्टैछ । (प्रकरण नं. १८) (३) भूमिसुधार विशेष अदालतले राजीनामा र भोगबन्धकीको लिखत बदर गरेमा–अधिकार क्षेत्र नाघेको हुने । अतःप्रस्तुत मुद्दामा निवेदनमा उल्लेखित दावी बाहिर समेत गई राजीनामा र भोगबन्धकीको लिखतबदर गर्ने गरी गरेको भूमिसुधार विशेष अदालतले अधिकार क्षेत्र नाघी गरेको ठहराए को दावीबमोजिम बाली भराइदिने गरेको उक्त वि.अ.ले गरेको सदर । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 481 |
|---|---|
| मुद्दाको विषय | जग्गा आयस्ता दिलाई पाँउ |
| निर्णय वर्ष / मिति | 2026/01/31 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 481 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
