नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 469 · वि.सं. २०२६
नि.नं. 469 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) धेरै होसियारसाथ छानविन गरेर मात्र ज्यादै कम उमेरका कलिला केटाकेटीहरू (जसको सम्झना शक्ति र बिषय बुझ्ने शक्ति कम हुनु हुदैन) को बचनलाई प्रमाण लिन हुने । ज्यादै कम उमेरका कलिला केटाकटीको बचनलाई भर गरी प्रमाण मान्न सारै कठिन हुन जान्छ । बिषयअनुसार त्यस्ताहरूले भनेको कुरालाई बिल्कुल नामञ्जुर गर्न पनि सकिंदैन । धरै नै होसियारसाथ छानविन गरेर मात्र बालकहरूको बचनलाई प्रमाण लिइने हो । साक्षीहरूको बकपत्र गराउँदा धर्म भकाउनु पर्ने हुँदा बालकहरूको सम्झना शक्ति र बिषय बुझ्ने शक्ति कम रहेछ भने निजहरूको बचन विश्वास मान्न हुदैन । (प्रकरण नं. १६) (२) ज्यान सम्बन्धीको ऐनमा रहेको व्यवस्था–कुटपिटको चोटले नभई कुटपिटको चोटबाट अरु केही भएर मृत्यु भएमा कर्तव्य गरी ज्यान मार्नेको पुरा सजाय नहुने । ज्यान सम्बन्धीको ऐनमा रहेको व्यवस्थाबाट कुटपिटको चोट नै मृत्युको कारण भएमा कर्तव्य गरी ज्यान मारेको मानिने र सो कुटपिटको चोटद्वारा अरु केही हुन आएमा कर्तव्य गरी ज्यान मार्नेको पूरा सजाय हुदैन । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 469 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2025/10/16 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 469 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
