नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 486 · वि.सं. २०२६
नि.नं. 486 — अंश लिखत बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) राजीनामा मिलापत्र मगज बिग्रेको अवस्थामा भएको भनी बदर गर्न उजूर नगरेमा उक्त मिलापत्र अदालतमा नै भएमा–सदर हुने, तत्काल प्रचलित अ.बं.को ६५ नं. को सहुलियत दिन नमिल्ने । उक्त राजीनामा मिलापत्र वादीको मगज बिग्रेको अवस्थामा भएकोले सदर मान्न नमिल्ने हो कि भन्ने शंका उपस्थित भएतर्फ हेर्दा वादीले दिएको निवेदन तथा निजको बयानमा मगज बिग्रेको बखत गरे भएको राजीनामा र मिलापत्र बदर गराई पाउँ भनी उजूर गरेको नदेखिएकोमा पनि उक्त मिलापत्र अदालतमा नै भएको मुद्दामा उही वादीले उजूर गरेको देखियो । यसरी मिलापत्र गरी उजूर गर्ने वादीको मगज बिग्रेको थियो भनी तत्काल प्रचलित अ.बं.६५ नं.को सहुलियत दिन मिल्दैन । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 486 |
|---|---|
| मुद्दाको विषय | अंश लिखत बदर |
| निर्णय वर्ष / मिति | 2026/02/31 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 486 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
