नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 476 · वि.सं. २०२६

नि.नं. 476 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सर्जमिनहरू मध्ये धेरैले शंका नलाग्ने र थोरैले शंका लाग्ने भनेमा र किटान बक्नेको कमि भएमा–घटनाक्रमको दरखास्त धेरै पछि परेमा–अघिल्लो र पछिल्लो दरखास्त परस्पर बाझिएमा–यथार्थ ज्ञान (थाहा नभएको) लुकाई घटनाको रिपोर्ट गरेमा–प्रत्यक्ष प्रमाणको अभावमा आरोपित (कसै माथि) कसूर (ज्यान मारेको) गरेको नठहरिने । सर्जमिनका भनाई हेरेमा पनि धेरैजसोले शंका लाग्दैन भनी लेखाएका र थोरैले शंका लाग्छ भनी लेखाएका, किटानी बक्ने एक पनि नभएकोले र माथि लेखिएबमोजिम घटनाक्रमको दरखास्त धेरै समय पछि मात्र परेकोले र पहिलो दरखास्त र पछिल्लो दरखास्तमा देखाएका कुराहरू परस्परमा बाझिएको मात्र नभई वादीले बस्तुस्थितिको आफुलाई भएको यथार्थ ज्ञान लोप गरी घटनाबारे रिपोर्ट गरेको देखिएको र अपीलाटहरूले कसूर गरेकै हुन्न भन्ने कुनै प्रत्यक्ष प्रमाण पुराउ नसकेको नदेखिएबाट खाली शंकाकै भरले मात्र अपीलाटहरू लाई दोषी ठहराउन मिल्दैन । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.476
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2023/10/05
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 476
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्