सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३०६ / ४४०

नि.नं. 3214वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

नि.से.नि. २०२१ को नियम १०.१६ बमोजिम तलब सुविधा प्राप्त गर्न सक्ने थरको र २०३९।९।८ को ऐन संशोधनबाट सो संशोधन हुनु अगावै भए गरेको कुरामा तलब सुविधा नपाउने भन्न मिल्दैन, ऐन संशोधन हुनु अगावैको हकमा निवेदकले कानुन बमोजिम प्राप्त गर्ने तलब सुविधाबाट वञ्चित गर्नु न्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3213वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

निर्णयलाई स्वीकार गरी नोकरीबाट हटेपछि नियममा व्यवस्था भए अनुसार प्राप्त हुने सुविधा बुझी उपभोग गरिसके पछि निर्णयबाट सुविधा उपभोग गर्न सुविधा हासिल हुने कारवाही मिलेन भन्ने निवेदकको हकमा आघात परेको भन्न नमिल्ने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3212वि.सं. २०४४संयुक्त इजलास

सवारी दुर्घटना (ज्यान) ।

बढी गतिमा हाँकेको गाडीको ब्रेकफेल भई दुर्घटना हुन गएको भन्ने देखिएपछि प्र.को काबुभन्दा बाहिरको परिस्थितिले गर्दा अप्रिय दुर्घटना भई मानिस समेत मरेको यस अवस्थामा प्रस्तुत मुद्दा ज्यानसम्बन्धीको १३(३) अन्तर्गतको नदेखिँदा सवारी ऐन अन्तर्गत सजायँ गरेको शुरु इन्साफ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3211वि.सं. २०४४संयुक्त इजलास

कर्तव्य ज्यान

गालीगलौज हुनु आदिबाट उत्तेजना बढी वैदामबाट आएको मानिसहरू र सराङकोटको मानिसहरू बीच भनाभन हुलमाल बढ्न गई झगडाको रुप लिन पुग्यो, यसरी झगडा भई हानाहान कुटपिट हुँदा मृत्यु भएको देखियो, यस अघि मार्नुपर्ने सम्मको पूर्व रिसइवी रहेभएको पाइँदैन, पूर्व योजना तयारी बमोजिम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3210वि.सं. २०४४संयुक्त इजलास

कर्तव्य ज्यान

साविती बयान दिएको कुरा लाश जाँच मुचुल्काबाट समेत घाँटी सेरिई कर्तव्यबाट मरेका समर्थित हुन आएकोले हतियार प्रयोग गरी घाँटी छिनाएकोबाट मृत्यु भएको देखिन आएको हुँदा ज्यानसम्बन्धी महलको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको शुरुको इन्साफ सदर गरेको मध्यमाञ्चल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3209वि.सं. २०४४संयुक्त इजलास

कर्तव्य ज्यान

अदालतमा आई प्र.ना.नि.ले बयान गर्दा मृतक मर्नु भन्दा अगाडि आफू समक्ष गरेको कागज सम्बन्धमा बलिराज गोलीको बेदनाले सरसरती भन्न नसके पनि रोकीरोकी होशमा निजले भने बमोजिम लेखिएको हो भनी एउटा प्रहरी कर्मचारीले अदालतमा आई गरेको बयानलाई असत्य मान्न नमिल्ने । (प्रकरण नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3208वि.सं. २०४४संयुक्त इजलास

नामसारी दर्ता बदर

बाबु वा लोग्ने जीवित छँदै अंशबण्डा नभई सँग साथमा रहँदा बस्दाकै अवस्थामा बाबु वा लोग्नेको मुत्यु भएमा बाबु बाजेको मृत्यु पश्चात बाँकी पैतृक सम्पत्तिमा सबै अंशियारको बराबर हक लाग्ने, प्रस्तुत मुद्दामा यी वादी आफ्नो फिरादपत्रमा नै बाबु परलोक हुनु अगावै अंशबण्डा ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3207वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

कूत निर्धारण गर्नको लागि श्री ५ को सरकारले जग्गाको किसिम र उब्जनीको आधारमा मुख्य वार्षिक उब्जनीको औसत निर्धारण गरी मुख्य वार्षिक उब्जनीको ५०%मा नबढ्ने गरी कूत तोक्न सक्ने अधिकार सोही दफाको उपदफा (ग) मा व्यवस्था भएको पाइन्छ । अतः उक्त दफा ३३(ग) को प्रयोजनको लाग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3206वि.सं. २०४४संयुक्त इजलास

जग्गा छुट्याई चलन चलाइपाउँ

राजीनामा लिखतमा बोरिस बार एण्ड रेष्टुराँ प्रा.लि. लाई राजीनामा गरिदिएको भन्ने प्रष्ट उल्लेख भएको छ, यदि उनीहरूले साझा रुपमा लिएको भए तीनपुस्ते खुलाउनु पर्ने थियो यसमा वादी प्रतिवादीहरूको तीनपुस्ते नभएबाट लिखतमा उल्लेख भएको सम्पत्ति वोरिस बार एण्ड रेष्टुराँको न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3205वि.सं. २०४४संयुक्त इजलास

कर्तव्य ज्यान

मृत्यु भएपछि सरसल्लाह गरी प्र.ले लाश डोकोमा बोकी लगेको नौलेले चप्पल बोकी घोघोको जङ्गलमा लगी झुण्ड्याई आएकोमा प्रतिवादीहरू एक मिलानसँग सावित रहेका र प्र. पिनुले समेत करणी गर्ने प्रयास गर्दा म एक्लैले मारेको र मरेपछि गञ्ज र नौले समेतको मद्दतले जङ्गलमा लगी झुण्डा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3204वि.सं. २०४४संयुक्त इजलास

खुन डाँका

मृतकका पति तथा वारदातमा घाइते भएका उद्धवबहादुर थापाले प्रहरी कार्यालयमा बयान गर्दा घरमा डाँका प्रवेश गरी वारदात शुरु हुँदा श्रीमतीले माकुर वातर झपट वातर भनेकी थिइन् भनी बयान गरिदिएको देखिन्छ, यसरी बयान गरेकोमा उक्त झपटा वातर समेतलाई बुझी अनुसन्धानको कार्य गर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3203वि.सं. २०४४संयुक्त इजलास

बन्दी प्रत्यक्षीकरण

राजकाज मुद्दामा अनुसन्धानको लागि कानुनतः थुनुवा पुर्जी समेत दिई थुनामा राखेको देखिँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गरिरहनु नपर्ने । (प्रकरण नं. ५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3202वि.सं. २०४४संयुक्त इजलास

संविधानको धारा १६।७१ अन्तर्गत बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ ।

सा.सु.ऐन, २०१८ को दफा ३(१)(ख) को कुरामा विरोध पर्न जाने भनी ऐनको दफा मात्र उल्लेख गरी नजरबन्दको आदेश दिंदैमा पूर्वावस्था छ भन्न नमिल्ने । (प्रकरण नं. १३) यस अदालत समक्ष बन्दी प्रत्यक्षीकरणको रिट परी सक्दा पनि कुनै कारण वा पुर्जी समेत नदिईकन बन्दी बनाई राखिएकोम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3201वि.सं. २०४४संयुक्त इजलास

भ्रष्टाचार

पुनरावेदक प्रतिवादीले आइतबारे साझा संस्था इलामको रकम भ्रष्टाचार गरेको भएमा संस्थाले कानुन बमोजिम गरी असूल उपर गर्ने कानुनी व्यवस्था भएकोमा सो बमोजिम नगरी भ्र.नि.ऐन, २०१७ को दफा १३(१) बमोजिम प्रतिवादीलाई जम्मा रु. ३१,९२९।०५ प्र.ले हिनामिना गरी भ्रष्टाचार गरेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3200वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

विवादको टोयोटा गाडी निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ बमोजिम मनाही बस्तु नभई नियन्त्रित बस्तु भित्र पर्ने । (प्रकरण नं. १९) पहिले पाएको लाइसेन्सलाई संशोधन गरी बाणिज्य विभागबाट मिति ०४१।५।१० मा इजाजत पाइसकेको र सो गाडी जफत गर्ने मिति ०४१।७।१९ मा निर्ण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3199वि.सं. २०४४संयुक्त इजलास

परमादेश

निर्णय नक्कल सारिपाउँ भनी निवेदकले ०४३।३।३ मा नै निवेदन दिएको पनि देखिन्छ । यस्तो स्थितिमा सो निर्णयको नक्कल निवेदकले पाउनु पर्ने देखिँदा उक्त उल्लिखित निवेदकलाई नोकरीबाट हटाउने गरी गरेको ०४३।२।२ को पर्चा निर्णयको नक्कल निवेदकलाई उपलब्ध गराईदिनु भनी विपक्षीका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3198वि.सं. २०४४संयुक्त इजलास

अदालतको अपहेलना गरेकोमा सजायँ गरिपाउँ

आदेशको सूचना बुझें पश्चात कुनै निर्माण कार्य नगरेको र आदेशको पालना गर्न तयार छु र गर्दैछु भन्ने लिखित जवाफमा उल्लेख भएको देखिन्छ, आदेशबाट प्राप्त निर्माण समितिको प्रतिवेदनमा पनि विवादित स्थलमा जमीन सरह लगाइएको जग्गासम्म पुरेको र सडक पट्टि ३ फुट छाडी २०४१।५।२०…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3197वि.सं. २०४४पूर्ण इजलास

उत्प्रेषण

दफामा रहेको यस प्रसंगमा बेग्लै विभागीय कारवाही गरिरहनु पर्ने छैन भन्ने व्यवस्थाबाट भ्रष्टाचार निवारण ऐन, २०१७ को परिच्छेद २ अन्तर्गत सजायँ हुने कसूरको अभियोग लागेको निजामती कर्मचारीको सन्दर्भमा विभागीय कारवाही गर्दा निजामती सेवा नियमावली, २०२१ को नियम १०.९ तथा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3196वि.सं. २०४४पूर्ण इजलास

परमादेश वा अन्य जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

जुन ऐन बमोजिम स्थापित संस्था हो, सो संस्थाको हक अधिकार र दायित्वको सन्दर्भमा अन्यथा व्यवस्था भएमा बाहेक सोही ऐन लागू हुने । (प्रकरण नं. १०) कम्पनी ऐन, ०२१ को दफा १३७(ख) मा भएको व्यवस्था हेर्दा सो दफाको शीर्षकमा सरकारी कम्पनीले श्री ५ को सरकारको आदेश तथा निर्दे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3195वि.सं. २०४४पूर्ण इजलास

मुद्दा मिलापत्र बदर

विवादित जग्गा वादीहरू समेतको हक लाग्ने सगोलको सम्पत्ति भन्ने कुराको तथ्ययुक्त प्रमाण देखिन नआएकोले वादी दावा पुग्न नसक्ने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3194वि.सं. २०४४संयुक्त इजलास

लेनदेन

मध्यमाञ्चल क्षेत्रीय अदालतबाट व्यहोरा साँचो होइन भन्ने समेत व्यहोरा खोली भएको आदेश र डिसमिस फैसला समेतलाई अ.बं. १७ नं. अन्तर्गत परेको निवेदनबाट कैफियत तलब गरी त्यसप्रकार ठहर निर्णय गरेको डिसमिस फैसलालाई आदेशको संज्ञा दिई ०४३।१।१४ को डिसमिस फैसला र ०४३।३।५।५ को…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3193वि.सं. २०४४संयुक्त इजलास

कर्तव्य ज्यान

कुटपिटको वारदातमा नै प्रहरीले पक्राउ गरी थुनामा राखी छाडेको भन्ने नदेखिएको र त्यसो हैन भन्ने कुरा अभियुक्तले सर्वोच्च अदालतमा दिएको निवेदनको प्रकरण ३(ख) बाटै देखिनुको साथै अभियुक्तको प्रहरीमा मात्र कागज भएको भन्ने देखिएको स्थितिमा प्रहरीले अभियुक्तहरुलाई कुटपि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3192वि.सं. २०४४संयुक्त इजलास

कर्तव्य ज्यान

केवल अफूलाई हेरी हाँसेकै कारणबाट भनाभन भई कुटपिट हुन जाँदा त्यस किसिमको वारदात घटेकोले र लाठी प्रहार गरेको कुरामा प्र.क्षेमा राई अधिकार प्राप्त अधिकारी समक्ष सावित भई कुनै जोखमी हतियार प्रयोग भएको पनि देखिन आएन अतः यस्तो अवस्थामा आफूलाई हेरी हाँसेको कारणबाट उठ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3191वि.सं. २०४४संयुक्त इजलास

खुन डाँका

वारदातको विवरण लेखाउँदा सम्म विभिन्न मानिसको मुखबाट विभिन किसिमबाट वारदातको विवरण दिएको भन्ने सम्म देखिन आएकोले यत्तिकै आधारमा अभियुक्तहरूले सफाई पाउने भनी ठहर गर्न मनासिब देखिन आएन । (प्रकरण नं. २९)

नजिर सार पढ्नुहोस् →