नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3196 · वि.सं. २०४४

नि.नं. 3196 — परमादेश वा अन्य जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

जुन ऐन बमोजिम स्थापित संस्था हो, सो संस्थाको हक अधिकार र दायित्वको सन्दर्भमा अन्यथा व्यवस्था भएमा बाहेक सोही ऐन लागू हुने । (प्रकरण नं. १०) कम्पनी ऐन, ०२१ को दफा १३७(ख) मा भएको व्यवस्था हेर्दा सो दफाको शीर्षकमा सरकारी कम्पनीले श्री ५ को सरकारको आदेश तथा निर्देशनको पालना गर्नुपर्ने भन्ने उल्लेख गरी उक्त दफामा प्रत्येक सरकारी कम्पनीले सम्बन्धित विभागले दिएको आदेश तथा निर्देशनको पालन गर्नु पर्छ भन्ने उल्लेख भएको देखिन्छ, प्रस्तुत विवादमा विपक्षी दि टिम्बर कर्पोरेशन लि.को नाममा उक्त व्यवस्था अनुसारको निर्देशन दिएको नदेखिँदा विवादित निर्णय पालन गर्न विपक्षी दि टिम्बर कर्पोरेशन लिमिटेड बाध्य छ भनी मान्न नमिल्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3196
मुद्दाको विषयपरमादेश वा अन्य जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2044/09/07
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3196
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्