नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3214 · वि.सं. २०४४
नि.नं. 3214 — उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
नि.से.नि. २०२१ को नियम १०.१६ बमोजिम तलब सुविधा प्राप्त गर्न सक्ने थरको र २०३९।९।८ को ऐन संशोधनबाट सो संशोधन हुनु अगावै भए गरेको कुरामा तलब सुविधा नपाउने भन्न मिल्दैन, ऐन संशोधन हुनु अगावैको हकमा निवेदकले कानुन बमोजिम प्राप्त गर्ने तलब सुविधाबाट वञ्चित गर्नु न्यायसंगत देखिँदैन, तर निजामती सेवा ऐन संशोधन भई ऐनको दफा १०क. थप भएपछि संशोधित व्यवस्था अनुसार हाजिर नभएको अवधिमा सेवामा पुनः स्थापित भए तापनि निजले कार्यालयमा उपस्थापित नभएको अवधिको तलब भत्ता वा सुविधा प्राप्त गर्न नसक्ने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3214 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2044/06/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3214 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
