नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3193 · वि.सं. २०४४

नि.नं. 3193 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुटपिटको वारदातमा नै प्रहरीले पक्राउ गरी थुनामा राखी छाडेको भन्ने नदेखिएको र त्यसो हैन भन्ने कुरा अभियुक्तले सर्वोच्च अदालतमा दिएको निवेदनको प्रकरण ३(ख) बाटै देखिनुको साथै अभियुक्तको प्रहरीमा मात्र कागज भएको भन्ने देखिएको स्थितिमा प्रहरीले अभियुक्तहरुलाई कुटपिट गरी सावित गराएको भन्ने कुरा सत्य तथ्य देखिन नआउने । (प्रकरण नं. ३) सरजमीनमा यति नै जना हुनुपर्छ भन्ने कानूनी व्यवस्था नभएसम्म ९ जना मात्र सरजमीनका व्यक्ति राखेको भनी सरजमीनलाई बदर गर्न नमिल्ने । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3193
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2044/08/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3193
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्