नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3208 · वि.सं. २०४४

नि.नं. 3208 — नामसारी दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

बाबु वा लोग्ने जीवित छँदै अंशबण्डा नभई सँग साथमा रहँदा बस्दाकै अवस्थामा बाबु वा लोग्नेको मुत्यु भएमा बाबु बाजेको मृत्यु पश्चात बाँकी पैतृक सम्पत्तिमा सबै अंशियारको बराबर हक लाग्ने, प्रस्तुत मुद्दामा यी वादी आफ्नो फिरादपत्रमा नै बाबु परलोक हुनु अगावै अंशबण्डा गरी छुट्टी भिन्न बसेको कुरालाई स्वीकार गरेको देखिन्छ, यस्तो अवस्थामा अंशबण्डाको १४ नं. आकर्षित नहुने । (प्रकरण नं. १४) गा.पं.को सिफारिश सम्बन्धमा जालसाजी मुद्दा चली वादी दावी नपुग्ने ठहरी बा.अं.अ.बाट भएको फैसला अन्तिम रुपमा रहेको देखिएको समेतबाट बाबुलाई यी प्रतिवादीले पालन पोषण गरेको भन्ने कुरा पुष्टि हुन आयो, यस्तो अवस्थामा बाबुको मृत्युपछि निजको अपुताली यी प्रतिवादीले नै पाउने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3208
मुद्दाको विषयनामसारी दर्ता बदर
निर्णय वर्ष / मिति2044/08/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3208
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्