नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3205 · वि.सं. २०४४
नि.नं. 3205 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
मृत्यु भएपछि सरसल्लाह गरी प्र.ले लाश डोकोमा बोकी लगेको नौलेले चप्पल बोकी घोघोको जङ्गलमा लगी झुण्ड्याई आएकोमा प्रतिवादीहरू एक मिलानसँग सावित रहेका र प्र. पिनुले समेत करणी गर्ने प्रयास गर्दा म एक्लैले मारेको र मरेपछि गञ्ज र नौले समेतको मद्दतले जङ्गलमा लगी झुण्डाएको भनी आफू कर्तव्यमा सावित रही लाश दबाउने छिपाउने सम्मको कार्य अन्य प्रतिवादीहरू सरिक रहेको भनी पोलेको समेत देखिँदा ज्यान मरिसकेपछि समयमा जाहेर नगरी दबाउने छिपाउने सम्मको अपराध गरेको देखिने । (प्रकरण नं. २६) मृतक आफ्नो नाता सम्बन्धको व्यक्ति देखिएको र मार्नु पर्नेसम्मको पूर्व रिसइवी रहे भएको कुरा कहिं कतैबाट खुल्न सकेको छैन आफ्नै घरमा बास बस्न आएकोमा राती जवरजस्ती करणी गर्न खोज्दाको अवस्थामा आफ्नो धर्म सतित्व बचाउनको लागि मुंग्राले हान्दा मृतकको मृत्यु भएको देखिन्छ, घटना प्रकृतिबाट सतित्व रक्षार्थ छोडेको चोटबाट मृत्यु भएकोमा कानुन बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं. १८८ बमोजिम प्र.पीनु मगर्नीलाई कैदवर्ष ५ मात्र सजायँ हुने । (प्रकरण नं. २६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3205 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2044/05/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3205 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
