नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3210 · वि.सं. २०४४

नि.नं. 3210 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

साविती बयान दिएको कुरा लाश जाँच मुचुल्काबाट समेत घाँटी सेरिई कर्तव्यबाट मरेका समर्थित हुन आएकोले हतियार प्रयोग गरी घाँटी छिनाएकोबाट मृत्यु भएको देखिन आएको हुँदा ज्यानसम्बन्धी महलको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको शुरुको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिबै देखिने । (प्रकरण नं. १६) जोखिमी हतियार प्रयोग गरी मारेको भए पनि अघिदेखि मार्ने भन्ने मनसाय रहेको भन्ने कतैबाट देखिन नआएकोले ज्या.सं.को १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिन आएकोले निज सार्किमानलाई अ.बं. १८८ नं.बमोजिम १० वर्ष कैद गर्ने भनी शुरु अदालतले राय व्यक्त गरेको मनासिब ठहर्‍याएको म.क्षे.अ.को इन्साफ मनासिबै देखिँदा साधक सदर हुने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3210
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2044/02/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3210
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्