नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3204 · वि.सं. २०४४

नि.नं. 3204 — खुन डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

मृतकका पति तथा वारदातमा घाइते भएका उद्धवबहादुर थापाले प्रहरी कार्यालयमा बयान गर्दा घरमा डाँका प्रवेश गरी वारदात शुरु हुँदा श्रीमतीले माकुर वातर झपट वातर भनेकी थिइन् भनी बयान गरिदिएको देखिन्छ, यसरी बयान गरेकोमा उक्त झपटा वातर समेतलाई बुझी अनुसन्धानको कार्य गर्नु पर्नेमा त्यसतर्फ वास्तै नगरी लापरबाहीपूर्ण तवरले अनुसन्धान गरेको देखिन्छ । अधिकार प्राप्त अधिकारी समक्ष भएको सावितीलाई कासिम मियाँले अदालतमा इन्कार गरेको तथा सरजमीनका व्यक्तिहरूले पनि वारदात देखें सुनें जानेको कुरा नलेखाई केबल प्र.कासिमले प्रहरीमा गरेको सावितीलाई सिरान हाली बकपत्र गरिदिएको देखिन्छ, अर्को मुद्दामा कासिमले गरेको साविती र अघिनै बरामद भएको पेस्तोल पछि घट्न आएको घटनासँग जोड्दै चारित्रिक प्रश्नलाई प्रमाणको रुपदिन नमिल्ने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3204
मुद्दाको विषयखुन डाँका
निर्णय वर्ष / मिति2044/05/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3204
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्