वादीले नगर पञ्चायतमा नामसारी गरिपाउँ भन्ने सम्बन्धमा मिति ०३२।२।२२ मा दिएको निवेदनको व्यहोरामा हामी ३ भाइको ३ अंश भाग बमोजिम तिरो बुझाई आएको भन्ने उल्लेख गरी मर्ने दाजुको नाउँको जग्गा आधा मेरो नाउँमा र आधा माहिला दाजुका नाउँमा नामसारी गरिपाउँ भन्ने व्यहोरा लेख…
अभियुक्तहरूले गरेको प्रहरीको सावितीलाई हेर्दा यदाकदा प्रहरीमा भएको साविती बयान अमान्य गर्ने अवस्था नपर्ने होइन तर सामान्य र स्वभाविक अवस्थामा पनि अमान्य गर्नु उपयुक्त नदेखिने । (प्रकरण नं. ३३) जाहेरी दर्खास्तमा नाम नामासी समेतका इतिबृत्त खुलेकै हुनै पर्दछ भन्न…
निवेदकले जिकिर लिएको कागजमा बक्स भएको हु.प्र.को व्यहोरा सुनी पाएको भन्ने उल्लेख गरेको र रिट निवेदनमा सो व्यहोरा उल्लेख गरेको नदेखिँदा वास्तविक तथ्यलाई लुकाई शुद्ध हातले यस अदालतमा प्रवेश गरेको भन्न सकिने अवस्था नदेखिएको र श्री ५ महाराजाधिराज सरकारबाट बक्स भएको…
पक्ष विपक्षको बीचमा अदालतबाट भएको कारवाहीबाट उठेको विवादको ठाडो निवेदन लिई सो सम्बन्धको वारेसमा राख्न मिल्ने अधिकार क्षेत्र प्रत्यर्थी अञ्चलाधीश कार्यालयलाई भएको नदेखिने । (प्रकरण नं. ९)
विपक्षीले जिल्ला पञ्चायतमा दिएको उजूरीमा ढल निकास सार्वजनिक जग्गा भन्नेसम्म उल्लेख भएको अवस्थामा तेरो मेरोमा विवाद उठेको भन्न मिल्दैन, जग्गाको सम्बन्धमा तेरो मेरोमा परेको भन्नलाई निवेदकको हक पुग्दैन, मेरो हकको हो भनी हकमा नै दावी गरी विवाद उठ्नु पर्दछ । तर यसप…
प्रतिवादी शेर बहादुरले मृतक गोपालको घाँटी समाती प्र. चन्द्र बहादुरले पेटमा मुक्काले हिर्काई र अर्का प्रतिवादी वीर बहादुरले सन्डीमा समाती मृतक गोपालको कर्तव्य गरी मारेको देखिँदा प्र.शेर बहादुरलाई ज्या.सं. को १३(१) नं. अनुसार सर्वस्वसहित जन्मकैद र अन्य प्रतिवादी…
लागू औषध नियन्त्रण ऐनको दफा ४(ङ) र (च) को कसूर गरेको भन्ने अभियोग पत्रमा उल्लेख गरे तापनि सजायँको माग गर्दा दफा ४(च) को कसूर सम्बन्धमा मात्र लागू हुने दफा १४(ग) को माग गरेको अवस्थामा अन्य दफा बमोजिम सजायँ गर्न कानुनले नमिल्ने । (प्रकरण नं. ९) अ.बं. ११८(२) नं.…
सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ४(४) मा मुद्दा चलाउने श्री ५ को सरकारबाट स्वीकृत भएपछि सरकारी अभिवक्ताद्वारा मुद्दा दायर गर्नु पर्ने । (प्रकरण नं. १०)
रिट निवेदीकाको सम्पत्ति जफत हुने भन्ने कुरा प्रत्यर्थीहरूको लिखित जवाफबाट देखिँदैन, खेमराजको सम्बन्धबाट रोक्का रहेको भन्नेसम्म छ । रिट निवेदीकाको छोरा खेमराजको सर्वस्व जफत हुने भन्ने देखिन्छ, निज खेमराजको सर्वस्व लिलाम हुँदाका अवस्था रिट निवेदीकाको हक हिस्सा छ…
राजश्व न्यायाधिकरणले छिनेको मुद्दा अनुमति प्राप्त नभएसम्म तथा उक्त नियमको नियम १८ अन्तर्गत मुद्दामा परिणत भई नसकेको अवस्थामा डिभिजन बेञ्चबाट अनुमति निवेदन फर्छ्र्योट हुनुपर्ने भन्ने तर्क कानुनसंगत नदेखिने । (प्रकरण नं. १०) राजश्व न्यायाधिरणले छिनेको मुद्दामा ब…
मुलुकी ऐन, अ.बं.८५ नं. मा अड्डामा मुद्दा परी फैसला भएपछि सो फैसला उपर ऐन बमोजिमको अपील नभई सोही मुद्दामा उसै झगडियाका नामको फिरादपत्र लिई सुन्न हुँदैन लिएको भए पनि खारेज गरिदिनु पर्छ भन्ने उल्लेख भएको पाइन्छ, उक्त व्यवस्था अनुसार प्राङन्यायको सिद्धान्त आकर्षित…
निवेदकलाई मिति २०३८।६।४ मा सेवाबाट बर्खास्त गरेको देखिन्छ, रिट निवेदकलाई सेवाबाट बर्खास्त गर्दाको अवस्थामा प्रस्तुत दफा ८ अर्थात् हाजिर नभएको अवस्थाको तलब भत्ता र सुविधा नपाउने भन्ने नियम आइसकेको देखिँदैन, मिति २०४०।३।६ मा मात्र थप भएको यो नियम ८ मिति ०४०।३।६…
एउटा संयुक्त इजलासबाट कुनै कानुनी प्रश्नमा एउटा सिद्धान्त कायम हुने गरी पहिले निर्णय भइराखेको छ र सोही कानुनी प्रश्नमा सो भन्दा पछिल्लो अर्को संयुक्त इजलासबाट निर्णय हुँदा अघिको मुद्दामा प्रतिपादित सिद्धान्तसँग बाझिने गरी पछिल्लो संयुक्त इजलासबाट निर्णय गर्नु…
तिर्नु बुझाउनु पर्ने बाँकी रहेको रकम असूल उपर गर्नु पर्ने कारवाही समेत भई निजले तिर्नु बुझाउनु पर्ने रकम तिर्न बुझाउन नसकी निजले लिखत गरिदिएको घर जग्गा लिलाम भएको देखिन आएकोले अधिकार विहिन निकायबाट सो लिलामको कारवाही भएको भन्ने निवेदन जिकिर तर्कसम्मत नदेखिने ।…
जिल्ला अदालतबाट भएको अन्तिम आदेश वा फैसला उपर न्यायप्रशासन सुधार ऐन, ०३१ (चौथो संशोधन सहित) को दफा १३ ले अञ्चल अदालतमा पुनरावेदन लाग्न सक्ने तथा अन्य आदेशहरूको सम्बन्धमा पनि अ.बं. १७नं. बमोजिम पुनरावेदन तह अदालतमा निवेदन दिन सक्ने व्यवस्था भएको पाइन्छ, साधारण…
मिलापत्र भनेको जग्गाको हक छाड्ने सम्बन्धको लिखत गराउने अधिकार जिल्ला कार्यालयलाई कानुनले प्रदान गरेको देखिँदैन, सो मिलापत्र भनेको कागजले हक दायित्वको सृजना हुन नसक्ने हुँदा जिल्ला कार्यालयमा भएको मिलापत्र कागज उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)
वादी लेखबाट प्रतिवादीको जिकिर बमोजिम वादीलाई जग्गा किन्न ठगीको १ नं. मा भएको व्यवस्था बमोजिम कुनै व्यहोरासँग गफलतमा पारेको देखिन नआई जग्गा छ लिने भए रु. १० हजार अहिले दिनुहोस् भनी भनेको भन्नेसम्म देखाएको एकपटक यति भनेको आधारमा जग्गा छ छैन कस्तो छ सो को यकीन गर…
आफ्नो सावितीमा देखाए बमोजिम निजको घर खानतलासी गर्दा केही दसी नभेटिएको र निजका बाबु अभियुक्त मध्येको जसबहादुरले पनि आफूलाई छोराले सुन र रुपैयाँ दिएमा इन्कार रहेपनि घटनास्थलमा भेटिएको चप्पल र छाता मध्ये चप्पल आफ्नो हो भनी निज अभियुक्त ध्यान बहादुरले सनाखत गरेको…
वादीले आफ्नो स्वास्नी पुनरावेदकलाई जारी गरी लग्दाको अवस्था आफूले दिई राखेको धनमाल (गहना) समेत लिई गएको भनी देखाई दावी गरेकोमा प्रतिवादी पुनरावेदकले दावी बमोजिमका गहना दिन सक्ने वादीको औकात नै नभएको भनी दावी बमोजिमको धनमाल आफूलाई दिएको कुरामा इन्कार गरे पनि आफ्…
पुनरावेदक इन्द्रकुमारी र कृष्ण बहादुर गुरुङको बीच खाली गुरु शिष्यको सम्बन्धमा मात्र सीमित रहेको नदेखिई कृष्ण बहादुरकै घरमा समेत आउने जाने, बस्ने, गरेको देखिन आएको र यिनै पुनरावेदक कृष्ण बहादुर उपर यिनै वादीले दिएको सार्वजनिक अपराध मुद्दामा प्रहरीमा कागज गर्दा…
यिनै पुनरावेदक समेतको पुनरावेदन परेको विपक्षीले दिएको जारी मुद्दामा अझै यिनै पुनरावेदकलाई कृष्ण बहादुरले दावी बमोजिम जारी गरी लगेको ठहरी प.क्षे.अ.बाट भएको फैसला सदर भई ठहर भएकोबाट पुनरावेदकको प्रस्तुत सम्बन्ध विच्छेद गरिपाउँ भन्ने परेको फिराद बमोजिम पुनरावेदक…
गर्दन वरिपरि काटिएको घाउ भएको र चोट पटकको कारणले धेरै रक्तश्राव भई Circulatory Failure को कारणबाट मृत्यु भएको हो भन्ने अस्पतालको लाश जाँचको रिपोर्टबाट देखिन्छ, मृतकलाई मार्नमा प्रयोग भएको हतियार आंसी प्र.ले मेरै हो भन्ने अदालतमा सनाखत गरेबाट निजको साविती बयान…
कानुन व्यवसायी नियमावली, २०२५ को नियम २८ ले आफ्नो व्यवसायको प्रतिकूल आचरण गरेमा जिल्ला न्यायाधीशले त्यस्तो प्रमाणपत्रवाला व्यवसायीको प्रमाणपत्र खारेज गर्न सक्ने व्यवस्था भएको पाइने । (प्रकरण नं. १०)