नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3219 · वि.सं. २०४४
नि.नं. 3219 — धनमाल
सिद्धान्त / नजिर सार (Headnote Summary)
वादीले आफ्नो स्वास्नी पुनरावेदकलाई जारी गरी लग्दाको अवस्था आफूले दिई राखेको धनमाल (गहना) समेत लिई गएको भनी देखाई दावी गरेकोमा प्रतिवादी पुनरावेदकले दावी बमोजिमका गहना दिन सक्ने वादीको औकात नै नभएको भनी दावी बमोजिमको धनमाल आफूलाई दिएको कुरामा इन्कार गरे पनि आफ्नो स्वास्नीलाई दावी बमोजिमको गहनासम्म पनि नदिएको होला भनी मान्न सकिने अवस्था नरहेको कुरा निज पुनरावेदकलाई विपक्षी कै सहयोगबाट पढाईको क्रम समेत जारी राख्न लगाएको भन्ने मिसिलबाट देखिन आएकोबाट पनि समर्थन भएका र अरु प.क्षे.अ.को फैसलामा उल्लेख भएका कुराहरूबाट समेत दावी बमोजिमको धनमाल भरी पाउने ठहर्याएको इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3219 |
|---|---|
| मुद्दाको विषय | धनमाल |
| निर्णय वर्ष / मिति | 2044/05/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3219 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
