नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3217 · वि.सं. २०४४

नि.नं. 3217 — कुटपिट लुटपिट सम्बन्ध विच्छेद

सिद्धान्त / नजिर सार (Headnote Summary)

यिनै पुनरावेदक समेतको पुनरावेदन परेको विपक्षीले दिएको जारी मुद्दामा अझै यिनै पुनरावेदकलाई कृष्ण बहादुरले दावी बमोजिम जारी गरी लगेको ठहरी प.क्षे.अ.बाट भएको फैसला सदर भई ठहर भएकोबाट पुनरावेदकको प्रस्तुत सम्बन्ध विच्छेद गरिपाउँ भन्ने परेको फिराद बमोजिम पुनरावेदक र विपक्षीको बीच यो मुद्दा दायर हुँदाको अवस्थामा लोग्ने स्वास्नीको सम्बन्ध नै कायम रहेको भन्न नमिलेकोले यस्तो लोग्ने स्वास्नीको सम्बन्ध कायम नरहेको अवस्थामा माथि लेखि देखाइएका कारणहरूबाट पुनरावेदकको फिराद दावी बमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गरिपाउँ भन्ने दावी तर्फ निर्णय दिई रहनु पर्ने अवस्था रहन नआएकोले क्षेत्रीय अदालतले त्यसतर्फ निर्णय दिनु नपर्ने भनी गरेको ठहरमा कुनै त्रुटी देखिन नआउने । (प्रकरण नं. ११) घा जाँच फारामबाट घा चोट परेको र वारदात समेत भए गरेकै देखिन आएकोबाट पुनरावेदकलाई विपक्षीले कुटपिट गरेको ठहर्‍याएको इन्साफ प.क्षे.अ.को मनासिब ठहर्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3217
मुद्दाको विषयकुटपिट लुटपिट सम्बन्ध विच्छेद
निर्णय वर्ष / मिति2044/05/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3217
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्