नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3218 · वि.सं. २०४४
नि.नं. 3218 — जारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
पुनरावेदक इन्द्रकुमारी र कृष्ण बहादुर गुरुङको बीच खाली गुरु शिष्यको सम्बन्धमा मात्र सीमित रहेको नदेखिई कृष्ण बहादुरकै घरमा समेत आउने जाने, बस्ने, गरेको देखिन आएको र यिनै पुनरावेदक कृष्ण बहादुर उपर यिनै वादीले दिएको सार्वजनिक अपराध मुद्दामा प्रहरीमा कागज गर्दा पनि पुनरावेदक इन्द्रकुमारीसित लसपस भएको कुरा सम्ममा इन्कार गरी दुवै बीच प्रेम रहेको कुरा समेत स्वीकार गरेको देखिन आएको समेतबाट क्षेत्रीय अदालतले वादी दावी बमोजिम जारी गरेको ठहर्याएको मनासिबै ठहर्छ । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3218 |
|---|---|
| मुद्दाको विषय | जारी |
| निर्णय वर्ष / मिति | 2044/05/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3218 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
