नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3237 · वि.सं. २०४४
नि.नं. 3237 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
अभियुक्तहरूले गरेको प्रहरीको सावितीलाई हेर्दा यदाकदा प्रहरीमा भएको साविती बयान अमान्य गर्ने अवस्था नपर्ने होइन तर सामान्य र स्वभाविक अवस्थामा पनि अमान्य गर्नु उपयुक्त नदेखिने । (प्रकरण नं. ३३) जाहेरी दर्खास्तमा नाम नामासी समेतका इतिबृत्त खुलेकै हुनै पर्दछ भन्ने बाध्यता नदेखिने। (प्रकरण नं. ३४) अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान कागज प्रहरीले कुटपिट गरी साविती गरेको भनी अभियुक्त प्रतिवादीहरूले कुनै घा चोट देखाउन नसकेकोबाट अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान कागज, बरामद भएका फिष्टीको मुखमा बुझो लगाएको टाला र पोष्टमार्टममा ४१/२ महिनाको बालक फिष्टीको गर्भमा रहेको र मृतकको घाँटी कसिई भुत्ते बस्तुले हिर्काएको भन्ने लेखिएबाट समेत समर्थित भएकोले प्रतिवादीहरूले अदालतमा गरेको इन्कारी बयानलाई तथ्ययुक्त मान्न नमिल्ने । (प्रकरण नं. ३५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3237 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2044/07/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3237 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
