नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3226 · वि.सं. २०४४
नि.नं. 3226 — परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
निवेदकलाई मिति २०३८।६।४ मा सेवाबाट बर्खास्त गरेको देखिन्छ, रिट निवेदकलाई सेवाबाट बर्खास्त गर्दाको अवस्थामा प्रस्तुत दफा ८ अर्थात् हाजिर नभएको अवस्थाको तलब भत्ता र सुविधा नपाउने भन्ने नियम आइसकेको देखिँदैन, मिति २०४०।३।६ मा मात्र थप भएको यो नियम ८ मिति ०४०।३।६ भन्दा अघिको अवस्थामा पनि लागू हुनसक्ने स्थिति भएन, अतः रिट निवेदक २०३८।६।४ मा सेवाबाट बर्खास्त भएको र निजलाई सेवाबाट बर्खास्त गरेको उक्त निर्णय समेत यसै अदालतबाट मिति ०४०।६।९।१ मा बदर भइसकेकोले रिट निवेदकलाई बर्खास्त गरेको मिति ०३८।६।४ देखि यो संशोधित नियमावली आउनु भन्दा अघिसम्मको तलब दिनु भनी विपक्षीको नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3226 |
|---|---|
| मुद्दाको विषय | परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2044/09/16 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय । | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको मिति २०४३।६।२।५ को राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3226 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
