नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3229 · वि.सं. २०४४
नि.नं. 3229 — उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
रिट निवेदीकाको सम्पत्ति जफत हुने भन्ने कुरा प्रत्यर्थीहरूको लिखित जवाफबाट देखिँदैन, खेमराजको सम्बन्धबाट रोक्का रहेको भन्नेसम्म छ । रिट निवेदीकाको छोरा खेमराजको सर्वस्व जफत हुने भन्ने देखिन्छ, निज खेमराजको सर्वस्व लिलाम हुँदाका अवस्था रिट निवेदीकाको हक हिस्सा छुट्याउनु पर्ने हुन्छ, सो अवस्थामा रिट निवेदीकाले अवस्थानुसार उजूर गरी बदर गराउन सक्ने । (प्रकरण नं. ११) रिट क्षेत्रबाट सबूद प्रमाणको मूल्यांकन गरी के कति भाग रिट निवेदीकाको र के कति भाग खेमराजको भनी छुट्याउन नमिल्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3229 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2044/07/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3229 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
