नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3238 · वि.सं. २०४४

नि.नं. 3238 — अंश नामसारी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

वादीले नगर पञ्चायतमा नामसारी गरिपाउँ भन्ने सम्बन्धमा मिति ०३२।२।२२ मा दिएको निवेदनको व्यहोरामा हामी ३ भाइको ३ अंश भाग बमोजिम तिरो बुझाई आएको भन्ने उल्लेख गरी मर्ने दाजुको नाउँको जग्गा आधा मेरो नाउँमा र आधा माहिला दाजुका नाउँमा नामसारी गरिपाउँ भन्ने व्यहोरा लेखेकोबाट अंशबण्डा भएको छैन, अंश दिलाई पाउँ भन्नेबाट वादी विवन्धित भएको देखिने । (प्रकरण नं. १५) मुलुकी ऐन, अंशबण्डाको महलको ३० नं. को व्यवस्था हेर्दा यो ऐन प्रारम्भ हुँदा सम्ममा बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्ती बमोजिम लिई पाई दाखिल खारेज समेत गराई सकेको वा बण्डा बमोजिम आफ्नो भागको अचल छुट्टा छुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेमा पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन वा बण्डा घटी बढी असल कमसल भयो भन्न पाउँदैन, रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3238
मुद्दाको विषयअंश नामसारी ।
निर्णय वर्ष / मिति2044/07/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3238
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्