नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3198 · वि.सं. २०४४

नि.नं. 3198 — अदालतको अपहेलना गरेकोमा सजायँ गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

आदेशको सूचना बुझें पश्चात कुनै निर्माण कार्य नगरेको र आदेशको पालना गर्न तयार छु र गर्दैछु भन्ने लिखित जवाफमा उल्लेख भएको देखिन्छ, आदेशबाट प्राप्त निर्माण समितिको प्रतिवेदनमा पनि विवादित स्थलमा जमीन सरह लगाइएको जग्गासम्म पुरेको र सडक पट्टि ३ फुट छाडी २०४१।५।२० सम्म ढुङ्गा थुपारेको र २०४१।६।२८ मा अन्तरिम आदेशको सूचना बोधार्थ बुझें देखि ०४३।६।२२ सम्म कुनै निर्माण कार्य भएको नदेखिएको भन्ने प्रतिवेदनबाट उल्लेख भएको पाइन्छ, यस्तो स्थितिमा सडकतर्फबाट बोधार्थ नबुझेकै समयमा ढुङ्गासम्म थुपारेको कारणबाट अपहेलना भएको भन्न मिल्ने अवस्थाको विद्यमानता नदेखिने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3198
मुद्दाको विषयअदालतको अपहेलना गरेकोमा सजायँ गरिपाउँ
निर्णय वर्ष / मिति2044/04/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3198
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्