नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3197 · वि.सं. २०४४
नि.नं. 3197 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
दफामा रहेको यस प्रसंगमा बेग्लै विभागीय कारवाही गरिरहनु पर्ने छैन भन्ने व्यवस्थाबाट भ्रष्टाचार निवारण ऐन, २०१७ को परिच्छेद २ अन्तर्गत सजायँ हुने कसूरको अभियोग लागेको निजामती कर्मचारीको सन्दर्भमा विभागीय कारवाही गर्दा निजामती सेवा नियमावली, २०२१ को नियम १०.९ तथा १०.१० को कार्यविधि बेग्लै कारवाही अनुशरण गरेर मात्र गर्नुपर्ने भन्ने तर्क कानुनसंगत नदेखिने । (प्रकरण नं. १२) विभागीय कारवाही समाप्त भइसकेपछि मात्र अदालतमा मुद्दा दायर गर्न सक्ने तर विभागीय कारवाही गर्नको लागि अदालतमा मुद्दा चलाउनु पर्ने कुनै बाध्यता ऐनले गरेको नदेखिने। (प्रकरण नं. १३) वारदातको समय ३ बजे निवेदक निमित्तको रुपमा नरहेको भन्ने निवेदकको जिकिर छ सो सन्दर्भमा हेर्दा अनियमित तरिकाले छुटाई लगेका बाकसहरू ३ बजे पक्राउ परेको भन्ने सम्म मिसिलबाट देखिएको, सो बाकसहरू सो भन्दा अगावै छोडिएको भन्ने देखिनुका साथै निवेदक सोही वैदेशिक हुलाक भन्सार कार्यालयको जाँचकी समेत देखिन आएकोले सो कार्यमा संलग्न नरहेको भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १४) अनियमित किसिमले भन्सार महसूल नलिई छोडिएका बाकसहरू मध्ये केही बाकस पक्राउ परेको मिसिलबाट देखिएको समेतबाट उचित र पर्याप्त कारण नभई सजायँ गरियो भन्ने निवेदन जिकिर मिल्दो नदेखिने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3197 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2044/08/01 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3197 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
