नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3211 · वि.सं. २०४४

नि.नं. 3211 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

गालीगलौज हुनु आदिबाट उत्तेजना बढी वैदामबाट आएको मानिसहरू र सराङकोटको मानिसहरू बीच भनाभन हुलमाल बढ्न गई झगडाको रुप लिन पुग्यो, यसरी झगडा भई हानाहान कुटपिट हुँदा मृत्यु भएको देखियो, यस अघि मार्नुपर्ने सम्मको पूर्व रिसइवी रहेभएको पाइँदैन, पूर्व योजना तयारी बमोजिम योजना घटित भएको पनि पाइँदैन, यसरी भैसीको कारणबाट सराङकोटे जनता बैदामे जनतासम्म बिस्तार भएको हाल्लाखल्लाबाट उत्तेजित जनसमूह बीच एकाएक मूठभेड हुँदा भवितब्यको वारदात घटित भई भवितव्यमा मृत्यु भएको देखियो । (प्रकरण नं. २६) वनदेवीको कारणबाट झगडाको शुरुवात भए पनि मृतकको मृत्यु हुनेसम्मको वारदात गर्ने गराउने नियत नभई आफूलाई अपशब्द गालीगलौज हुँदा उत्तेजना बढन गएको देखिन्छ । अन्तिम वारदातमा अपराधिक कृयाकलाप भएको नदेखिँदा कसूर गरेको भन्न नमिल्ने । (प्रकरण नं. २६) कुटपिटको परिणाम मृत्यु भएको भनी आफू समेत कसूरमा सावित भई पोलेको कुरा प्रहरीमा भएको बयानबाट देखिन्छ । सो कुरालाई चस्मदिद गवाहहरूबाट समेत पुष्टि भएको छ, यस स्थितिमा मृतकको मृत्यु प्र.छविराज, दुर्गा, राजु, देवीप्रसाद, हरि बहादुर समेतको भवितब्य कुटपिटको कारणबाट भएको देखिने । (प्रकरण नं. २६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3211
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2044/03/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3211
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्