नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3200 · वि.सं. २०४४
नि.नं. 3200 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
विवादको टोयोटा गाडी निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ बमोजिम मनाही बस्तु नभई नियन्त्रित बस्तु भित्र पर्ने । (प्रकरण नं. १९) पहिले पाएको लाइसेन्सलाई संशोधन गरी बाणिज्य विभागबाट मिति ०४१।५।१० मा इजाजत पाइसकेको र सो गाडी जफत गर्ने मिति ०४१।७।१९ मा निर्णय गरेको देखिन आएकोले भन्सार कार्यालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ५(१) को गलत व्याख्या गरी कार जफत गरेको कानुन अनुरुप नहुँदा विराटनगर भन्सार कार्यालयको मिति ०४१।७।१९ को निर्णय र सो निर्णयलाई समर्थन गरेको कोशी अञ्चलाधीशको मिति ०४२।७।१३ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3200 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2044/06/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3200 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
