भारत जाने क्रममा नेपाल सरहदको अन्तिम विन्दु भन्सार गेटसम्म पुगिसकेको अभियुक्तहरूबाट जाँच गर्दा लागू औषधि चरेश फेला परेकोलाई निकासी गरिसकेको भनी दावी लिन नसकेको र निकाशी गरेको प्रमाण पुर्याउन नसकेको भनी भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १६)
दर्ता भएको जग्गाको दर्ता बदर गर्न गुठी संस्थान केन्द्रीय कार्यालयलाई कानूनी अधिकार गुठी संस्थान ऐन, २०३३ को दफा ३९ ले दिएको भन्न मिल्दैन । (प्रकरण नं. १२)
लिखत बदर मुद्दामा हक कायमको दावी लिई कोर्ट फी राख्नु पर्ने बाध्यता कुनै कानूनमा उल्लेख भएको नहुँदा प्रस्तुत बुँदा कानूनतः छ भन्न मिल्ने देखिएन, त्यसमा पनि मुद्दाको कारवाहीको क्रममा अदालतले यदी आवश्यक ठान्दछ भने अ.बं. १३३ नं. बमोजिम बयान गराई थप कोर्ट फी मागी म…
एकातिर लिखत बदर मुद्दामा तथ्यमा प्रवेश गरी इन्साफ गर्नु पर्नेमा नगरेको र अर्कोतर्फ जालसाजी मुद्दामा जो बुझ्नु पर्ने कुरा बुझी इन्साफ गर्नु पर्नेमा नगरी लिखत बदर मुद्दालाई आधार बनाई जालसाजीमा वादी दावी नपुग्ने ठहर्याएको इन्साफ मिलेको देखिएन । (प्रकरण नं. १३)
निखनाई पाउँ भन्ने मुद्दा र राजीनामा बदर मुद्दाको विषयवस्तु र प्रकृति बेग्लाबेग्लै हुन यिनीहरूको बेग्लाबेग्लै हदम्याद हुने हुँदा तोकिएको हदम्याद भित्र तोकिएको मुद्दामा फिराद दावी गर्न सक्दछन् । (प्रकरण नं. ११)
ढुवानी गर्नु पर्ने कोइलाको गुणस्तर विषयमा निवेदक र विपक्षी बीच सहमति नभएपछि विपक्षी उद्योगसंग रिट निवेदकको टेण्डरलाई अस्वीकृत गर्ने वा रिट निवेदकले राखेको शर्तहरूलाई मान्यता दिने भन्ने दुई विकल्प रहन जान्छ र ती मध्ये कुनै एक विकल्पको अनुसरण गर्नु पर्ने हुन्छ ।…
स्त्री अंश धनको ६ नं. मा विधवा स्वास्नीले आफ्नो लोग्नेको सत्य डगाएमा सो लोग्नेको तर्फबाट पाएको अंश र त्यसबाट बढे बढाएको सम्पत्तिमा स्वास्नीको हक रहँदैन । (प्रकरण नं. १४)
कि.नं. ३७१ र २७४ को सम्बन्धमा प्रत्यर्थीले दावी लिएको र त्यसतर्फ भू.सु. शाखाबाट निर्णय गरेको समेत नदेखिएकोले भू.सु. शाखाको निर्णयमा कुनै कानूनी त्रुटि नदेखिनाले रिट निवेदकको माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११)
एकै मानिसलाई एकै वा धेरै कलमको कैद ठेक्नु परेमा जुन कलमको कैदको सबभन्दा ठूलो हद छ सो हद ननाघ्ने गरी कैद ठेक्नु पर्ने । (प्रकरण नं. १४) पराउलाल चौधरीको जाहेरी परेको डाँका मुद्दामा म्यादी कैदवर्ष ६ र जरिवाना रु. ३,३९६।– को कैदवर्ष ४ गरी जम्मा कैदवर्ष १० र गणेश स…
कानूनले निर्दिष्ट गरे बमोजिम उजूरी व्यहोरा प्रतिवादको व्यहोरा उल्लेख गरी सबुद प्रमाणको मूल्याड्ढन गरी ठहर गर्नु पर्नेमा सो कुनै कुरा नगरी गरेको निर्णय कानून अनुरुप न्यायिक मनको प्रयोग गरी निर्णय गरेको भन्न मिल्ने देखिन आएन । (प्रकरण नं. ८)
मुद्दामा देखाइएको तथ्यबाट अभियुक्तहरूको मर्ने भगिरथसंग यस भन्दा अघि कुनै किसिमको रिसइवी नभई अभियुक्त मध्येको हरिप्रसाद र षडानन्दको भिनाजु नाताको पनि देखिन आएको खाली मर्ने भगिरथले षडानन्दलाई निजले गरेको व्यवहारको कारणबाट रिसाई निजको मुखमा लिंग हाली दिए भनेकै का…
२ जना बीच मर्ने मार्ने वार्ता चली छुरीसमेत लिई संगै बसेको हुँदा मार्ने सम्मको नियत भएको कुरा प्रष्ट हुने । (प्रकरण नं. १५) २ पक्ष बीच भइरहेको प्रेममा बाधा विरोध गर्न जाँदा कमजोर मानसिकताको कारण दुवैले आत्महत्या गर्ने निधो गरी इन्द्राले आफ्नो घाँटीमा छुरी प्रहा…
आरोपपत्रमा यस ऐनको हदम्यादभित्र दायर गरेको भन्ने उल्लेख भएको पाइँदैन यसरी अनिश्चित कालसम्म मुद्दा दायर गर्न पाउने व्यवस्था नदेखिएको हुँदा वादी दावी खारेज गर्ने गरेको वा.वि.अ.को फैसला मनासिब हुँदा सदर हुने । (प्रकरण नं. १७)
स्पष्टीकरण माग गर्दा लगाइएको अभियोग र सेवाबाट बर्खास्त गर्दा लिइएको आधार एउटै नदेखिई बेग्लाबेग्लै देखिएको छ, स्पष्टीकरणमा अभियोग नै नलगाइएको सम्बन्धमा सिधै बर्खास्त गर्न प्रहरी नियमावलीले मिल्दैन, तसर्थ पहिले अभियोग नै नलगाइएको आधारमा निवेदकलाई भविष्यमा सरकारी…
श्री ५ को सरकारले आवश्यक देखेमा कुनै करदाता वा खास वर्गको करदाताबाट असूल उपर गर्नु पर्ने कर निर्धारण गर्ने प्रयोजनको निमित्त खुद आय निर्धारण गराउनको लागि श्री ५ को सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी एकजना अध्यक्ष र बढीमा अरु ४ जना सदस्यहरू भए…
कुनै पनि न्यायिक निर्णय गर्दा निर्णयमा पुगेको कारण व्यक्त हुनुपर्ने सर्वमान्य न्यायिक परम्परा हो, सो को अभावमा भएको निर्णयमा न्यायिक मनको प्रयोग भएको मान्न नमिल्ने । (प्रकरण नं. ११)
एक अंशियाराको सहिछाप नहुँदैमा बण्डापत्रलाई मान्यता नहुने भन्ने प्रश्न उठ्न सक्दैन, बण्डा बराबर नभए वा गलत तरीकाले भएकोमा म्याद भित्रै उजूर गर्नु पर्ने । (प्रकरण नं. १८) जिउनी सम्बन्धी प्रश्न पनि अंश विषयसंग सम्बन्धित हुन्छ, अंशपाउँ भन्ने मुद्दाबाट जिउनीको भाग…
सा.सु.नियम, २०१९ को नियम ८(१) बमोजिम नजरबन्दको अवधि बढाउनको लागि अधिकार प्राप्त अधिकारीले कारण सहित पहिलो ९ महीनाको म्याद समाप्त हुनुभन्दा ४५ दिन अगावै गृहमन्त्रालयमा दाखिल हुने गरी पठाई सक्नु पर्नेछ भन्ने बाध्यात्मक व्यवस्था गरिएकोमा सो बमोजिम पहिलो ९ महीनाको…
जग्गा नापी भइसकेपछि दर्ता प्रमाणपत्र सम्बन्धमा निवेदन परेपछि मालपोत ऐनको दफा ६(१) अनुसार गरी निर्णय गर्नु पर्नेमा वन तथा भू–संरक्षण मन्त्रालय बुझी उक्त मन्त्रालयबाट लेखिआएको आधारमा मालपोत कार्यालयले निर्णय गरेको कानून अनुरुप भएन अतः मालपोत कार्यालयको निर्णय उत…
कर कार्यालय स्वयंको जानकारीमा रहेको कर विभागको मिति ०३७।१२।१८ र आफ्नो २०४१।१२।२१ को पत्रको सिलसिलामा कर छुट पाउने नपाउने सो विषयमा निर्णय गरी कर निर्धारण गर्नु पर्नेमा सो बमोजिम निर्णय नगरी सोझै आफैं एसेस्मेण्ट अर्डर (Assessment Order) गरी कर कार्यालय धरानको म…
छुट्टी भिन्न भएको भन्ने कुरा प्रतिवादीले सबुद गुजार्न सकेको नदेखिँदा एकासगोलको पैतृक सम्पत्तिमा अंशियारको मन्जूरी बिना बिक्री गरेको लेनदेन व्यवहारको १० नं. र अंशबण्डाको ११ नं. ले सदर नहुने हुँदा कि.नं. ८६ प्र.ले दाइजो पेवाबाट निखनी लिएको भन्ने देखिँदा सो बदर न…
विवादित साल देखि अघिको पनि किसिम अनुसारको बाली विपक्षी जग्गाधनीले बुझिलिएको र सो भन्दा पछि पनि विभिन्न सालका बाली बुझी भर्पाई गरिदिएको मिसिल सामेल रहेको भर्पाईबाट देखिन्छ, यस्तो स्थितिमा सो विवाद गरेको साल भन्दा पछि पनि विपक्षीले निवेदकलाई मोही मानी कुत बुझी भ…
भूमिसम्बन्धी ऐन नियमहरूद्वारा तोकिएको निश्चित म्यादभित्र कुतबाली सम्बन्धित मोहीले जग्गाधनीलाई बुझाउनु पर्ने हुन्छ, त्यसरी मोहीले बुझाउन जाँदा जग्गाधनीले नबुझेमा म्यादभित्र तोकिएको कार्यालयमा धरौट राख्नु पर्ने हुन्छ, तोकिएको निश्चित म्यादभित्र कुतबाली नबुझाएको…