नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3184 · वि.सं. २०४४

नि.नं. 3184 — उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

ढुवानी गर्नु पर्ने कोइलाको गुणस्तर विषयमा निवेदक र विपक्षी बीच सहमति नभएपछि विपक्षी उद्योगसंग रिट निवेदकको टेण्डरलाई अस्वीकृत गर्ने वा रिट निवेदकले राखेको शर्तहरूलाई मान्यता दिने भन्ने दुई विकल्प रहन जान्छ र ती मध्ये कुनै एक विकल्पको अनुसरण गर्नु पर्ने हुन्छ । (प्रकरण नं. ११) सम्झौता गर्नको लागि सम्झौता गर्न सक्ने वातावरण हुनु पर्छ, विपक्षी उद्योगको पत्रबाट सम्झौता गर्नको लागि पर्याप्त समय नदिएको कुरा एकातर्फ देखिन्छ भने अर्कोतर्फ बैंक जमानत रोक्का गर्नु भनी बैंकलाई पत्र लेखेबाट रिट निवेदकले बैंक ग्यारेण्टी अवधि बढाउन नसक्ने भई सम्झौता गर्न नसक्ने परिस्थितिको सृजना हुन गएको समेत देखिन्छ । यस स्थितिमा टेण्डर स्वीकृत भएपछि पनि सम्झौता गर्न नआएको भन्ने दोष रिट निवेदक उपर लगाई बैंक ग्यारेण्टी जफत गर्ने गरेको विपक्षी उद्योगको निर्णय समन्याय, न्याय तथा सद्विवेकको समेत विपरीत देखिन्छ । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3184
मुद्दाको विषयउत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।
निर्णय वर्ष / मिति2044/05/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3184
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्