नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3209 · वि.सं. २०४४

नि.नं. 3209 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

अदालतमा आई प्र.ना.नि.ले बयान गर्दा मृतक मर्नु भन्दा अगाडि आफू समक्ष गरेको कागज सम्बन्धमा बलिराज गोलीको बेदनाले सरसरती भन्न नसके पनि रोकीरोकी होशमा निजले भने बमोजिम लेखिएको हो भनी एउटा प्रहरी कर्मचारीले अदालतमा आई गरेको बयानलाई असत्य मान्न नमिल्ने । (प्रकरण नं. ९०) अस्पतालका सिनियर मेडिकल अधिकृतले अदालतमा आई बयान गर्दा मृतकको पोष्टमार्टम आफैंले गरेको र मृतकको शरीर सडे गलेको हुँदा मुटु फोक्सो पेट आदि हेरियो त्यहाँ गोली पाइएन, एक्सरेको साधन नहुँदा आन्द्रामा गोली पसेको कुरा पेटमा लागेको घाउको आधारले गोली लागेको घाउ भनी प्रमाणित गरेको छु र बाहिर गोली पास भएको घाउ नदेखिएको कारणले गोली भित्रै रहेको हुनपर्छ भनी आफ्नो बयानमा स्पष्टसँग उल्लेख गरेको छँदाछँदै गोलीको चोटबाट मृतक मरेको होइन भन्न नसकिने । (प्रकरण नं. ९०) घाइतेले मर्नु भन्दा अगाडि गरेको कागज निज होश भएको बेला लेखेको हो भनी स्पष्ट बयान बकपत्र गरेको देखिन आउँछ, सो बयान प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणमा लिन मिल्ने । (प्रकरण नं. ९०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3209
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2044/09/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3209
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्