§ फौजदारी मुद्दामा अभियुक्तले अपराध गरेको हो कि होइन भन्ने तथ्यगत सवुदहरुको आधारमा निर्णय गर्ने कुरा हो, अपराधी लाई बचाई दिने नियतले स्वयम पीडित लगायत कसैले वयान दिन सक्ने स्थितिलाई ध्यानमा राखी न्यायकर्ताले निर्णय दिंदा कसैले सफाइ दिने बयान दिदैमा अभियुक्त नि…
§ कृषि आयोजना सेवा केन्द्र प्रा.लि. को शेयर श्री ५ को सरकार र श्री ५ को सरकारको स्वामित्वमा रहेका संस्थाहरुको भई सरकारी कम्पनीको रुपमा रहेको सो कम्पनीको वास्तविक स्वामित्व श्री ५ को सरकारमा रही सो कम्पनीको सम्पत्ति विक्री गरी कम्पनीका कर्मचारीहरुलाई थप सुविधा…
§ पर व्यक्तिको क्रियाकलापवाट मर्का परेको महशुस गर्ने व्यक्तिले कानूनका म्याद भित्रै मर्काको उपचारका लागि अदालत प्रवेश गर्नुपर्ने । § आफ्नो जग्गामा ०३६।४।२४ को लिखत हुनु पूर्वनै घर वनाउने प्रतिवादी उपर घर वनाएको भनी दावी लिने वादीले मुलुकी ऐन घर बनाउने महलको ११…
§ सामान नै नहेरी श्रेस्ताअनुसार वुझेको हुँ भन्ने प्रतिवादीको भनाइबाट नै लापरवाही गरेको तथ्य स्थापित हुन आउने । § लापरवाही गरेको तथ्यमा सावित भएपछि आफ्नो जिम्मामा रहेको सामानको उचित संरक्षण र व्यवस्थापन गर्नुपर्ने कानूनी दायित्वबाट निजले उन्मुक्ति पाउन सक्ने अव…
§ निवेदकले सार्वजनिक पद धारण गरेको अवस्थामा आर्जन गरेको श्रोत नखुलेको सम्पत्ति सम्वन्धमा सम्पत्ति न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तथा निवेदकका सम्वन्धमा आयोगमा पर्न आएको उजुरी समेतका आधारमा निवेदकसंग केही कुरा बुझ्न भनी निजलाई गोप्यपत्र पठाई पत्राचार गरेको का…
§ प्रचलित कानून बमोजिम तोकिएको अन्तःशुल्क रकम उठाउने वा उठे नउठेतर्फ एवं अन्तःशुल्क ऐन, २०१५ तथा मदिरा ऐन, २०३१ का साथै यस सम्बन्धमा प्रचलित नेपाल कानूनले गरेको व्यवस्थाको पालना भएको छ छैन भनी हेरी कानून अनुरुपको कार्य गर्न गराउन सक्ने अधिकार मूल्य अभिवृद्धि क…
§ पुनरावेदक प्रतिवादीले दावीको जग्गा घरवासको लागि नै खरिद गरेको हो भन्ने पुष्टी गर्न सक्ने कुनै आधार र कारण मिसिल संलग्न प्रमाणवाट देखिन नआएको अवस्थामा केवल प्रतिउत्तर पत्रमा आफू सुदूर पश्चिमको व्यक्ति भएको र काठमाडौंमा कति पनि जग्गा नभएकोले घरवासको लागि विवाद…
§ संविधानको धारा ८८(२) अन्तर्गत यस अदालतवाट विशेषाधिकार सम्पन्न आदेश जारी गरी पाउँ भनी पर्न आएको रिट निवेदनमा निवेदन माग दावीअनुसारको आदेश जारी हुन सक्ने अवस्था रहेको छ, छैन भन्ने सम्वन्धमा साधारण अधिकारक्षेत्र अन्तर्गत उपचार प्राप्त हुन सक्ने वैकल्पिक उपचारको…
§ अंक गणना गरी बढुवाको सिफारिशको नामावलीको सूचना प्रकाशित भए पछि बढुवा नामावलीमा आफ्नो नाम नपरेका उम्मेदवारले सिफारिशमा चित्त नबुझे ३५ दिन भित्र सो बढुवा सिफारिशका विरुद्ध उजूर गर्न पाउने व्यवस्था समेत निजामती सेवा ऐनको दफा २०च. ले गरेको पाइन्छ । यसप्रकार उल्ल…
§ नीतिगत निर्णयलाई निश्चित रुपमा सार्वजनिक सरोकारको विषयका रुपमा बुझ्नुपर्ने हुँदा श्री ५ को सरकार मन्त्रीपरिषदको निर्णयलाई सार्वजनिक सरोकारको विषय होइन भन्न नमिल्ने । § कानून बमोजिमको आफ्नो स्वतन्त्रता एवं स्वायत्तता माथि श्री ५ को सरकारले मनोमानी ढंगले निर्ण…
§ दुबै कम्पनी स्वतन्त्र र छुट्टाछुट्टै अविच्छिन्न उत्तराधिकारवाला संस्था भएको र एकअर्कोको सहायक कम्पनी वा उत्तराधिकारी पनि नभएको अवस्थामा निवेदक कम्पनी एवं उक्त हेकष्ट कम्पनीका बीचमा कुनै सम्झौता भई व्यवसाय खरिद बिक्री भएको नभई स्थिर भौतिक सम्पत्ति सम्म खरिद ब…
§ अदालतबाट चलन पूर्जी पाएको मध्ये दर्ता हुन नसकेको जग्गा प्रतिवादी पन्नालालले राजिनामा गरी बेचिसकेको कुरा स्वभावतः चलन पूर्जी पाइसकेपछि मात्र थाहा हुन आएको हुनाले सो कि.नं. ८४ मध्येको केही जग्गा शुरुमा पन्नालालले शिवलाल र तुलसा गिरीलाई ०३३।११।२७ मा राजिनामा लि…
§ दण्डको निर्धारणमा दण्डको प्रकृति र दण्डको हद दुवैको निर्धारण हुनुपर्ने हुन्छ । कुनै पनि देशले आफ्नो फौजदारी न्याय प्रशासनको खाका तयार गर्दा दण्डको उद्देश्य प्रति स्पष्ट हुनुको साथै दण्ड निर्धारण नीति स्पष्ट हुनु अत्यावश्यक पर्दछ । सजाय तोक्ने मापक निश्चित हु…
§ राजीनामा लिखतवाट पारित गरि लिएको जग्गालाई आफुखुस गर्न पाउने आफ्ना पालामा आर्जेको सम्पत्ति मान्नुपर्ने । § राजीनामावाट आफ्नो हक गरी लिएको जग्गा वकसपत्र गरी हक हस्तान्तरण गरि दिएकोलाई पनि अँशवण्डाको महलको १९ नं. को देहाय २ मा वर्णित आफ्नो पालामा आर्जेको जग्गा…
§ निवेदक नेपाल कृषि अनुसन्धान परिषदको वहालवाला कर्मचारी भै आफ्नो र एशोसियन संग सम्वद्ध परिषदका कर्मचारीको हक हितमा असर परेको भनी निजी र परिषदका कर्मचारी समूहको स्वार्थ गाँसिएको देखाई निवेदन गरेको देखिंदा निवेदकले उठाएको विषयमा सर्व साधारण जनता वा जन समुदायको स…
§ नेपाल सन्धि ऐन, २०४७ को दफा ९ मा नेपाल पक्ष भएका सन्धि सम्झौता नेपाल कानून सरह लागू हुने ब्यवस्था भएबाट पनि नेपाल पक्ष रहेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताले सिर्जना गर्ने दायित्व पालनाबाट राज्यले उन्मुक्ति पाउन नसक्ने । § राज्यले हरेक अन्तर्राष्ट्रिय सन्धि स…
§ धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण मन्दिर एवं क्षेत्रको विकास, संरक्षण र सम्वर्द्धन गर्ने दायित्व श्री ५ को सरकार र सम्वद्ध स्थानीय निकायको समेत हुने कुरामा विवाद नहुँदा सोही प्रयोजनका लागि छाव्दी वाराही क्षेत्रको विकास, संरक्षण र व्यवस्था…
§ वातावरण प्रदूषण रोकथाम गर्नुपर्ने श्री ५ को सरकारको कर्तव्य नै हुन आउने देखिंदा काठमाडौ उपत्यकाको वायु प्रदूषणको रोकथाम निमित्त छानविन समिति समेतको प्रतिवेदनका आधारमा टु—स्ट्रोक इन्जिन भएका तीन पाँग्रे भाडाका सवारी साधन काठमाडौं उपत्यकावाट विस्थापित गर्ने गर…
§ जग्गा वाँडफाँड गर्दा वेगल कित्ताको निकास पुकाश र सन्धिसर्पन वारे विचार गर्नुपर्ने नभई वाँडफाँड गर्ने जग्गाको नै नरमकरम विचार गरिने हो । सो आफ्नो पछाडिको वेगल कित्तामा जान असुविधा भयो भन्ने मात्र कारणले छुट्टै कित्तामा भएको वांडफांडमा नरमकरम मिलेन भन्न नमिल्न…
§ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई राज्यको माध्यम अर्थात् राज्यले गर्ने विभिन्न कार्यहरु मध्येको एक कार्य गर्नको लागि स्थापित राज्यको Agent अथवा Instrument of the state मान्नुपर्ने हुन्छ । राज्यको यस्तो निकायको सबै कार्य राज्यका कानूनहरु अनुकूल नै हुनुप…
§ पुनरावेदकीय अधिकार कानूनी अधिकार (Legal Right) हो । त्यस्तो अधिकार कानूनद्वारा नै व्यवस्थित गरिएको हुन्छ । कानूनद्वारा व्यवस्थित गरिएकोले नै यस अधिकारलाई कानूनी अधिकारको रुपमा ग्रहण गरिने । § ऐनले नै पुनरावेदन सम्बन्धी विषेश व्यवस्था गरी सो ऐन अन्तर्गतका कुन…
§ संविधानको धारा ८८ को उपधारा (१) बमोजिमको अधिकारक्षेत्रको प्रयोग गरी कुनै कानून संविधानको कुनै धारासँग बाझिएकोले अमान्य र बदर घोषित गराउन आउने पक्षले विवादित कानूनी व्यवस्था संविधानको कुन व्यवस्थासँग के कसरी बाझिएको हो भन्ने सम्वन्धमा स्पष्ट जिकिर लिई पुष्टि…
§ नावालक छोराछोरीलाई मेरो संरक्षकत्वमा पालनपोषण शिक्षादिक्षा गरी आएकोमा बिपक्षीहरुले अपहरण गरी लगी बलजफ्ती बन्दी बनाएको भनी प्रस्तुत विवाद उठेको र उपरोक्त सम्बन्ध विच्छेद र गाली बेइज्जती मुद्दाहरु समेतवाट निज मन्जु चालिसे अद्यापि कोही कसैसंग विवाह नगरी रहे बसे…
§ सामान्य उद्देश्य (Common intention) लिई कुनै गैरकानूनी काम गर्ने सामूहिक रुपमा योजना बनाई लक्ष्य प्राप्तिमा सामूहिक रुपले सहभागी भै योजनालाई परिणाममुखि बनाउने प्रत्येक व्यक्ति सामान्य रुपको अपराधी हुन जाने । § कुनै गैरकानूनी कार्य गर्न सामान्य उद्देश्य लिई ष…