नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7389 · वि.सं. २०६१
नि.नं. 7389 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ नावालक छोराछोरीलाई मेरो संरक्षकत्वमा पालनपोषण शिक्षादिक्षा गरी आएकोमा बिपक्षीहरुले अपहरण गरी लगी बलजफ्ती बन्दी बनाएको भनी प्रस्तुत विवाद उठेको र उपरोक्त सम्बन्ध विच्छेद र गाली बेइज्जती मुद्दाहरु समेतवाट निज मन्जु चालिसे अद्यापि कोही कसैसंग विवाह नगरी रहे बसेको देखिन आएको स्थितिमा नावालकहरुको आमा मन्जु चालिसे प्राकृतिक र कानूनी संरक्षक (Natural and legal guardian) हुँदाहुँदै प्रत्यर्थी बजै नाताकी सत्यवती चालिसेले पुनरावेदिका मञ्जु चालिसेको नावालक छोराछोरीलाई आफ्नो आमाको संरक्षकत्वबाट वन्चित गरी जन्माउने आमालाई भेटघाट गर्न सम्म पनि नदिई घरमा सीमित गरी राखेबाट निज नावालक बच्चाहरुको कानूनले प्रदान गरेको हिडडुल गर्न पाउने लगायतका स्वतन्त्रताको हक गैरकानूनी तरिकाले अपहरण हुनुका अतिरिक्त आफ्नो आमाको संरक्षकत्वबाट पालनपोषण हुन पाउने हकवाट समेत वन्चित हुन गएको देखिने । (प्र.नं. १६) § वन्दीप्रत्यक्षीकरणको प्रयोजनको लागि खान लाउन नदिई गैरकानूनीरुपले कानून विपरीत प्रहरीले नै थुनामा राखेको हुनुपर्छ भन्ने मात्र नभै कसैलाई कसैले घरमा नजरवन्द राख्नु, इच्छा विपरीत कसैलाई कसैले कोही संग भेटघाट गर्न नदिई बन्धक वनाई आवत – जावत, हिंडडुल, घुमफिर, ओहोर–दोहोर, वन्द गरी भेटघाट तथा हिडडुलको अधिकारमा सीमित गर्नु वा प्रतिवन्ध लगाउनु, House Arrest वा कुनै क्षेत्रको Area वा टोल वा जिल्ला वा क्षेत्र आदिको हद तोकी कानून विपरीत ओहोर दोहोर हिडडुलमा लगाइएको प्रतिवन्धले समेत पनि वैयक्तिक स्वतन्त्रता अपहरण हुने । § नावालकलाई आमा पुनरावेदिकासंग भेटघाट गर्न नदिई घरमा राखेबाट पनि यी नावालकहरु आमा मन्जु चालिसेको संरक्षकत्वमा रही पालनपोषण शिक्षादिक्षा गर्न पाउने कानूनी हकवाट गैरकानूनी रुपबाट वन्चित हुनु परेको देखिन आएको हुँदा आमा मञ्जु चालिसेको मंजुरी विना निजको संरक्षकत्वमा रहेका नावालकहरुलाई बिपक्षीले वलजफ्ती लगिराखेको र टेलिफोनबाट कुरा गर्न सम्म नदिने र स्कूलमा समेत आमालाई भेट गर्न नदिने अमानवीय कार्य भएको समेत देखिनाले निज नावालक छोराछोरीको स्वतन्त्रता सम्बन्धी हक अपहरण भएको देखिने । § नावालक छोराछोरीको आमा मन्जु चालिसे निजहरुको संरक्षक देखिन आएको स्थितिमा आमा हुँदाहुँदै हजूरआमा सत्यवती चालिसेलाई संरक्षकत्वको अधिकार भएको भन्न नमिल्ने । § संरक्षकत्व प्रदान गर्न पाउने अधिकार भएकी त्यस्ता नावालकरुको आमा मन्जु चालिसेको मंजुरी बेगर हजूरआमा सत्यवती चालिसेले नावालकहरुलाई निजहरुको आमासंग भेटघाट गर्न समेत नदिई आफ्नो घरमा लगिराखेको क्रियालाई गैरकानूनी कार्य मान्नु पर्ने । (प्र.नं. १८ देखि २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7389 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2061/06/07 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्सालको राय र मुलुकी ऐन लोग्नेस्वास्नीको महलको ३ नं. को देहाय २ वमोजिम नावालक विवेक र विविकाको संरक्षणको अधिकार आमा मन्जुमा रहने हुँदा आमा मन्जु चालिसेको संरक्षणवाट हटाई निजहरुको हजुरआमाले आफ्नो संरक्षणमा राखेको कुरा गैरकानूनी देखिनाले निवेदन खारेज गरेको पुनरावेदन अदालत पाटनको निर्णय वदर भै बिपक्षीहरुको नियन्त्रणबाट मुक्त गरी आमा मन्जु चालिसेको जिम्मा लगाई दिनु भन्ने वन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ । निवेदन खारेज हुने ठहराएको माननीय न्यायाधीश श्री भैरबप्रसाद लम्सालको रायसंग सहमत हुन नसकेकोले सर्वाेच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री सुशिला सिंह शिलुको छुट्टै राय सहितको २०६०।१०।२३।६ को फैसला । | माननीय न्यायाधीश श्री सुशीला सिंह शिलुको राय सदर हुनुपर्छ भन्ने बहस गर्नु भयो । प्रत्यर्थीतर्फवाट विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले बालबालिका संग सम्बन्धित विवाद वालवालिका ऐन | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्सालको राय सदर हुनुपर्छ भनी गर्नु भएको बहस समेत सुनियो | माननीय न्यायाधीश श्री सुशिला सिंह शिलुको राय सदर हुने ठहर्छ । विपक्षीले नावालक वच्चाहरु विवेक चालिसे र विविका चालिसेलाई काठमाडौं जिल्ला अदालतको रोहवरमा निवेदिका आमा मन्जु चालिसेलाई जिम्मा लगाइदिनु भनी फैसलाको प्रतिलिपि समेत साथै राखी काठमाडौं जिल्ला अदालतमा लेखी पठाई दिनु । मिसिल नियमानुसार गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7389 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
