सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १७१ / ४४०

नि.नं. 7435वि.सं. २०६१संयुक्त इजलास

मोही निष्काशन ।

§ पुनरावेदक प्रतिवादीले पेश गरेको नगदी रसिदबाट के वापत, कुन जग्गाको, को जग्गाधनीलाई, कुन सालको कूतवाली धरौट राखेको भन्ने नदेखिएको र सम्बन्धित गाऊँ विकास समितिले दिएको जवाफबाट समेत त्यस्तो धरौट राखेको भनी जिकिर लिएको धरौटी रकम आम्दानी वाँधेको तथा ७ दिन भित्र जग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7434वि.सं. २०६१विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८ (१) र (२) वमोजिम उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ ।

§ फौज्दारी मुद्दाको कसूरमा पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई समेत शारीरिक वा मानसिक यातना नदिइने वा निजसंग निर्मम, अमानवीय वा अपमानजनक व्यवहार नगरिने प्रत्याभूति संविधानले गरेको अवस्थामा कुनै किसिमका फौजदारी कसूर नलागेको वा थुनामा नरहेको कुनैपनि व्यक्तिल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7433वि.सं. २०६१विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र धारा ८८(१) (२) अन्तर्गत उत्प्रेषण, परमादेश लगायत जुनसुकै उपयुक्त आदेश जारी गरी पाउँ ।

§ संविधानमा भएको व्यवस्था अनुसार हाल संसद नभएको अवस्थामा श्री ५ को सरकारद्वारा आर्थिक अध्यादेश जारी भई श्री ५ को स्वीकृत भइसकेको र सो अध्यादेशले कानून सरह मान्यता पाउने, निवेदकले समेत अध्यादेशको वैधानिकतालाई स्वीकार गरेको देखिएकोले त्यसतर्फ बिचार गरिरहनु नपर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7432वि.सं. २०६१पूर्ण इजलास

जीउ मास्नेबेच्ने ।

§ सामान्य अवस्थामा विधायिकाले कुनै कानून क्रियाशील हुनुभन्दा पहिले नै घटेको कुनै कार्यलाई पछाडि वनेको कानूनले अपराधको रुपमा परिभाषित गर्न र साविकमा कम गंभीर मानिने अपराधलाई वढी गंभीर बनाउन तथा कम सजाय हुने अपराधलाई वढी सजाय हुने गरी कानूनी व्यवस्था गर्न एवं प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7431वि.सं. २०६१पूर्ण इजलास

उत्प्रेषण, परमादेश लगायत अन्य उपयुक्त जुनसुकै आज्ञा,आदेश वा पूर्जी जारी गरी पाउं।

§ दण्ड सजायको ४८ नं.बमोजिम म्याद थामी पाउँ भनी दिएको निवेदन तहसिलदारवाट दरपीठ भएपछि जिल्ला न्यायाधीशवाट भएको आदेश तथा तहसिलदारवाट भएको दरपीठ आदेश समेत बदर गरी पाउँ भनी अ.बं. १७ नं. बमोजिम बिपक्षीहरुको निवेदन परेको आधारमा पुनरावेदन अदालतवाट उल्लेखित दुबै आदेशहर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7430वि.सं. २०६१संयुक्त इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२)अनुसार परमादेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरी पाउँ

§ नगरपालिकाले आफ्नो क्षेत्रमा प्लाष्टिकका झोलाहरुको बेचबिखन एवं उपभोगमाथि रोक लगाउने गरी निर्णय गर्ने अधिकार राख्दैन भन्ने विपक्षी नेपाल प्लाष्टिक उत्पादक संघको भनाइमा विचार गर्नुपर्ने अवस्था नदेखिने । § गम्भीर एवं निष्पक्ष अध्ययन अनुसन्धान गरी वैज्ञानिक निष्क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7429वि.सं. २०६१संयुक्त इजलास

उत्प्रेषण परमादेश ।

§ संविधानतः न्याय सेवा आयोगलाई विभागीय कारवाही गर्ने सिफारिश गर्न र श्री ५ को सरकारलाई त्यस्तो सिफारिशको आधारमा विभागीय कारवाही गर्न क्षेत्राधिकार प्रदान गरेको देखिएको अवस्थामा सक्षम अदालतको फैसला बेगर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार रहने बिषय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7428वि.सं. २०६१संयुक्त इजलास

कर्तव्य ज्यान ।

§ Autospy Report बाट मृत्युको कारण निश्चित हुन नसके पनि सो Report बाट मृतकको शरिरमा धेरै चोटहरु परेको देखिन्छ । मृतकले विष सेवन गरेपछि हुने छट्पटाहटको कारण शरिरमा विभिन्न चोट लागेको मान्ने हो भने पनि Autospy Report बाट त्यस किसिमको चोट हो भनी मान्न सकिने अबस्थ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7427वि.सं. २०६१संयुक्त इजलास

उत्प्रेषण परमादेश समेत ।

§ यस अदालतको आदेशानुसार गठित विशेषज्ञ टोलीको प्रतिवेदनमा उल्लेख भएअनुसार तोकिएको मापदण्ड विपरीत हुने गरी विपक्षी उद्योगले औराही (वगही) नदीमा निष्कासित effluent मिसाई उद्योग संचालन गरी नदी प्रदूषण गरेको देखिन आएको छ । त्यसैले यथाशक्य चाँडो उपरोक्त उल्लेखित राजप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7426वि.सं. २०६१संयुक्त इजलास

ज्यान मार्ने उद्योग ।

§ ज्यान सम्वन्धीको १५ नं. को व्यवस्था वमोजिम पीडित रुक्मणि राईलाई मार्ने मनसायले चुप्पी प्रहार गरेको र तेश्रो पक्षको हस्तक्षेपको कारण ज्यान मर्न नपाएको भन्ने देखीन नआएको स्थितिमा ज्यान मार्ने उद्योगको कसूर कायम गरि सजाय गर्न नमिल्ने । § प्रतिवादीले प्रहार गरेक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7425वि.सं. २०६१संयुक्त इजलास

जवरजस्ती करणी ।

§ पीडितको कट्टुमा लागेको रगतको National forensic science laboratory बाट रसायनिक परीक्षण समेत भई मिति २०५१।१।२९ मा दिएको प्रतिवेदनको रायमा पनि शुक्रकिट (Spermatozoa) पत्ता नलागेको भन्ने उल्लेख गरिएको समेत आधार प्रमाणवाट प्रस्तुत वारदातमा जवरजस्ती करणीको क्रिया…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7424वि.सं. २०६१संयुक्त इजलास

लागूऔषध (अफिम खेती)

§ अ.वं. ७२ नं. वमोजिम जस्को हकमा कारवाही गर्नुपर्ने हो सो को हकमा अभियोगपत्र स्वीकार गरी अर्को वारदात र प्रतिवादीको हकमा छुट्टै अभियोगपत्र लिई आउनु भन्ने आदेश गर्नुपर्नेमा दुवै प्रतिवादीको हकमा दायर हुन आएको अभियोग पत्र स्वीकार गरी लिइसकेको अवस्थामा पुरै अभियो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7423वि.सं. २०६१संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने अन्य उपयुक्त आदेश जारी गरी पाउँ ।

§ आफूखुशीको सिद्धान्त (Doctrine of pleasure) आफूखुशी जे मन लाग्यो सो गर्न सकिन्छ भन्ने पक्कै पनि होइन । तर आफूखुशी कसरी र कुन रुपमा प्रयोग भएको छ र गरिएको छ, त्यो ठोस र वस्तुनिष्ट रुपमा पुष्टि हुनु पनि पर्दछ । यदि स्वेच्छाचारी, निरकुश एवं आत्मनिष्ट रुपमा खुशीक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7422वि.सं. २०६१संयुक्त इजलास

उत्प्रेषण ।

§ कम्पनी वोर्डले कम्पनीमा विपक्षी दिनेशवहादुर धौवञ्जारको उपस्थिति कानूनसम्मत भएको र आयकर समेतको फर्छ्यौट भै सकेको भनी निर्णय गरेको र त्यस उपरको पुनरावेदन, पुनरावेदन अदालत पाटनमा विचाराधीन रहेकोले त्यसमा प्रतिकूल असर पर्ने गरी दोहोरो उपचारको मार्ग अवलम्वन गरेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7421वि.सं. २०६१पूर्ण इजलास

लागूऔषध ।

§ विदेश जान लागेका विदेशी नागरिकलाई प्रहरीले विना कारण र आधारमा पक्राउ गर्नुपर्ने र निजलाई जवर्जस्ती केशको कार्यवाही हो भनी कागजमा सही गराउनु पर्ने अन्य अवस्था नदेखिएको र प्रतिवादी स्वयंले समेत सो कुरा पुष्टी गर्न नसकेवाट सो लागूऔषध निज प्रतिवादी गोर्डन विलियम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7420वि.सं. २०६१पूर्ण इजलास

कुलोपानी हटक खिचोला मेटाई पाउँ ।

§ मिति २०३३।१०।१२ को पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलाबाट प्रत्यर्थी प्रतिवादीहरुले विवादित फेदी खोलाको कुलोको पानी प्रयोग गरी सकेपछि यी वादीहरुको जग्गामा समेत पानी पटाउन पाउने भन्ने देखिन आएको अवस्था देखिएको र हाल प्रतिवादीहरुले पानी लगाउन नदिएको भन्ने दावी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7419वि.सं. २०६१पूर्ण इजलास

उत्प्रेषणयुक्त परमादेश ।

§ वेतलवी विदा समाप्त भएको मितिवाट ५ बर्ष सेवा गरेको शिक्षकले आफूले गर्न खोजेको अनुसन्धान समेतको विवरण आफ्नो क्याम्पस प्रमुख मार्फत शिक्षाध्यक्ष समक्ष पेश गरी शिक्षाध्यक्षवाट स्वीकृत गराउनु पर्ने पूर्वशर्त रहेको देखिन आउँदा निवेदकले नियमसम्मत तरिकाले स्वाध्ययन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7418वि.सं. २०६१विशेष इजलास

उत्प्रेषण समेत ।

§ संविधानद्वारा व्यवस्थित मौलिक हकसंग सम्वन्धित धाराहरु उल्लेखन मात्र गरी मौलिक हकसंग कुनै कानूनी व्यवस्था बाझिएको भन्ने दावी लिनु मात्र पर्याप्त नभै त्यसलाई पुष्टि गर्ने आधार र कारणहरु स्पष्ट रुपमा दावी लिन सक्नु पर्ने। § समान प्रकृतिको सेवा मध्ये कुनै खास से…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7417वि.सं. २०६१एक न्यायाधीशको इजलास

उत्प्रेषण समेत

§ निवेदकले माग गरेको राजदरवारवाट जारी भएका सूचनाहरु पनि नेपाल राजपत्रमा प्रकाशित हुने र उक्त सूचनावाट निवेदक तथा आम नागरिकले सो सम्वन्धी जानकारी प्राप्त गर्न सक्ने अवस्था रहदा निवेदकले माग गरे अनुरुप निवेदकलाई सूचनाको हकवाट वञ्चित गरेको भन्ने अवस्था नदेखिएकाले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7416वि.सं. २०६१संयुक्त इजलास

लेनदेन ।

लेनदेन

§ लिखतमा नै रकम असुले पनि वा जग्गा नै दाखिल खारेज गरी साहुले एकलौटी कायम गरेमा मन्जुर छ भन्ने व्यहोरा उल्लेख भएकोले करार ऐन अन्तर्गत नै वादीले दावी लिनुपर्ने भन्ने नदेखिई रकमतर्फ दावी लिन सक्ने लिखतमा नै तमसुकी व्यहोरा र भाखा राखी साँवा व्याज भराई लिन पाउने उल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7415वि.सं. २०६१संयुक्त इजलास

उत्प्रेषण परमादेशसमेत

§ त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम २०४अनुसार ’सम्वन्धित क्याम्पसले परीक्षाको लागि आवश्यक शर्तहरु पूरा गरी योग्य घोषित भई जाँच दिएकोलाई अन्यथा भन्न नमिल्ने । § नियम २१७, २२१ ले निवेदकलाई ०५७ मा दिएको प्रथम खण्ड पुनः व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7414वि.सं. २०६१संयुक्त इजलास

जवर्जस्ती करणी

§ मिसिल संलग्न प्रमाण कागजबाट जबरजस्ती करणी भएको हो, होइन यकिन भन्न नसकिने भन्ने समेतको मेडिकल रिर्पोट देखिएको परिप्रेक्ष्यमा प्रत्यक्षदर्शी भनिएकी घुरनी सदा र सह–अभियुक्त हरिनारायण सदाले समेत मौकाको भनाइमा प्र.हीरालालले करणी गरेको हो भनी किटी लेखाई नदिएको अवस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7413वि.सं. २०६१संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ क्षतिपूर्ति दिई सार्वजनिक हितको लागि राज्यले कुनै व्यक्तिको सम्पत्ति अधिग्रहण वा प्राप्त गर्न सक्ने नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १७(२) र (३) ले व्यवस्था गरेको महेश खोलामा निर्माणाधिन पुलको एप्रोच सडकको निर्माणलाई सार्वजनिक हित कै लागि मान्नुपर्ने ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7412वि.सं. २०६१संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) ले दुई अबस्थालाई अंगिकार गरेको छ । सबै नागरिक कानूनको दृष्टीमा समान रहने र कसैलाई पनि कानूनको समान संरक्षणबाट बन्चित नगरिने । सरसती हेर्दा यि दुई अवधारणा समान जस्तो देखिन्छ तथापि एकअर्कोमा फरक छन । प्रथम अवधारण अन…

नजिर सार पढ्नुहोस् →