नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7426 · वि.सं. २०६१

नि.नं. 7426 — ज्यान मार्ने उद्योग ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ ज्यान सम्वन्धीको १५ नं. को व्यवस्था वमोजिम पीडित रुक्मणि राईलाई मार्ने मनसायले चुप्पी प्रहार गरेको र तेश्रो पक्षको हस्तक्षेपको कारण ज्यान मर्न नपाएको भन्ने देखीन नआएको स्थितिमा ज्यान मार्ने उद्योगको कसूर कायम गरि सजाय गर्न नमिल्ने । § प्रतिवादीले प्रहार गरेको चुप्पीको चोटवाट पीडित रुक्मणि राईलाई पर्न गएको घाउ चोट समेतको वारदातको प्रकृतितर्फ विचार गर्दा स्वास्नीमानिसलाई कुटपिट गर्ने मनसायपूर्वक प्रहार नगरेको र निज प्रतिवादीले प्रहार गरेको चुप्पी पीडितलाई लागी सकेपछि पुनः प्रहार गरेको समेत नदेखिएको वारदातको प्रकृतिवाट मुद्दाको वारदात मुलुकी ऐन कुटपिटको ३ नं. को परिभाषा भित्र पर्ने देखिई प्रस्तुत मुद्दा सरकारी मुद्दा सम्वन्धी ऐन २०४९ को अनुसूची १ वा २ भित्र नपर्ने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7426
मुद्दाको विषयज्यान मार्ने उद्योग ।
निर्णय वर्ष / मिति2061/01/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7426
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्