नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7418 · वि.सं. २०६१
नि.नं. 7418 — उत्प्रेषण समेत ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ संविधानद्वारा व्यवस्थित मौलिक हकसंग सम्वन्धित धाराहरु उल्लेखन मात्र गरी मौलिक हकसंग कुनै कानूनी व्यवस्था बाझिएको भन्ने दावी लिनु मात्र पर्याप्त नभै त्यसलाई पुष्टि गर्ने आधार र कारणहरु स्पष्ट रुपमा दावी लिन सक्नु पर्ने। § समान प्रकृतिको सेवा मध्ये कुनै खास सेवामा मात्र हडताल गर्न नपाइने गरी वा कुनै खास प्रकृतिको सेवासंग सम्बन्धित व्यक्तिहरु मध्ये कसैलाई हडताल गर्न छुट दिई कसै कसैलाई मात्र हडताल गर्न निषेध गर्ने गरी सूचना निकाल्न सक्ने गरी श्री ५ को सरकारलाई अधिकार प्रदान गरेको नदेखिने । § संविधानको धारा ११ द्वारा व्यवस्थित समानताको हकको प्रयोजनका लागि कुनै उद्देश्य प्राप्त गर्न राज्यले विवेकसम्मत रूपमा वर्गीकृत (Reasonable Classification) गरी विभिन्न वर्गलाई छुट्टाछुट्टै व्यवहार गर्न सक्छ । यसअनुसार आवश्यक सेवा सञ्चालन ऐन, २०१४ ले जनसाधारणको दैनिक जीवनसंग सम्वन्धित अति आवश्यक सेवाहरुको एक वर्ग कायम गरी सबैलाई समान रुपमा लागू हुने गरी सूचना प्रकाशित गरी कुनै खास सेवालाई आवश्यक सेवामा समावेश गरी त्यस्तो सेवामा हडताल गर्न नपाइने गरी सूचना प्रकाशित गर्न सक्ने कानूनी व्यवस्थालाई समानताको हक विपरीत रहेको मान्न नमिल्ने । § संविधानको धारा २० को उपधारा (१) को प्रतिवन्धात्मक वाक्यांशमा सार्वजनिक प्रयोजनका लागि कानूनद्वारा अनिवार्य सेवाको व्यवस्था गर्न वाधा पर्ने छैन भन्ने व्यवस्था गरिएको पाइदा संवैधानिक व्यवस्थाअनुसार राज्यले कानून बनाई नागरिकहरुको विचार अभिव्यक्तिको स्वतन्त्रता तथा शान्तिपूर्वक विना हातहतियार भेला हुने स्वतन्त्रता समेतमा मनासिव प्रतिवन्ध (Reasonable Restriction) लगाउन र सार्वजनिक प्रयोजनका लागि अनिवार्य सेवाको व्यवस्था गर्न सक्ने । § आवश्यक सेवा संचालन ऐन, २०१४ को दफा २ को खण्ड (क) को देहाय (७) मा श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको अरु जुनसुकै सेवालाई आवश्यक सेवामा समावेश गर्न सक्ने तथा ऐनको दफा ३ को उपदफा (१) मा त्यस्तो आवश्यक सेवा समेतमा सार्वजनिक हितको लागि हडताल निषेध गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्न सक्ने गरी गरिएको कानूनी व्यवस्थालाई संविधानको धारा ११, १२ को उपधारा (२) को खण्ड (क) र (ख) तथा धारा २० संग वाझिएको मान्न नमिल्ने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7418 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत । |
| निर्णय वर्ष / मिति | 2061/08/10 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री अनुपराज शर्मा | माननीय न्यायाधीश श्री बलराम के.सी. |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7418 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
