नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7419 · वि.सं. २०६१

नि.नं. 7419 — उत्प्रेषणयुक्त परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वेतलवी विदा समाप्त भएको मितिवाट ५ बर्ष सेवा गरेको शिक्षकले आफूले गर्न खोजेको अनुसन्धान समेतको विवरण आफ्नो क्याम्पस प्रमुख मार्फत शिक्षाध्यक्ष समक्ष पेश गरी शिक्षाध्यक्षवाट स्वीकृत गराउनु पर्ने पूर्वशर्त रहेको देखिन आउँदा निवेदकले नियमसम्मत तरिकाले स्वाध्ययन विदा स्वीकृत गराउनेतर्फ उन्मूख भएको अवस्था नभई आफू उपर विभागीय कारवाहीका प्रक्रिया आरम्भ भएपछि मात्र सो कुराको जिकिर लिएको अवस्था देखिएकोले सो विदा स्वीकृत गरिएन भन्ने जिकिर कानून सँगत देखिन नआउने । § गान्धी पण्डित समेतका केही व्यक्तिहरुको विदा स्वीकृत भएको तर आफ्नो विदा स्वीकृत नभई आफू उपर असमान व्यवहार गरिएको भन्ने समेतको जिकिर रहेकोमा निवेदकको आचरण र कार्य नियम सम्मत नरहेको भन्ने देखिएको अवस्थामा आफ्नो कानून बिपरीतको कार्यको पुष्टाइको आधार अन्य व्यक्तिहरुको विदा स्वीकृति हुन नसक्ने । § निवेदकले नियमानुसार पहिले नै विदा स्वीकृत गराउनु पर्नेमा नगराई आफू उपर विभागीय कारवाहीको प्रक्रिया आरम्भ भैसकेपछि विदा स्वीकृत हुन स्पष्टीकरण मार्फत अनुरोध भएको पाइएको, अवस्थाअनुसार संचित विरामी विदा र पेश्की विदा पछिवाट स्वीकृत गर्न सकिने अवस्था भएपनि स्वाध्ययन विदा पहिले नै स्वीकृत हुनुपर्ने र नियमले तोकेको पूर्वशर्त समेत पूरा हुनुपर्ने हुँदा निवेदकले माग गरे वमोजिम विदा स्वीकृत नगरिएको बिपक्षीहरुको काम कारवाही समेतलाई नियम बिपरीत, पूर्वाग्रहपूर्ण र विभेदपूर्ण भन्न नमिल्ने । § नियमले तोकेको प्रक्रिया पूरा गरी कारवाही भएको देखिएका, संचित विरामी विदा र पेश्की विदा समेतवाट अनुपस्थित अवधि पुरताल (Cover) हुन सक्ने अवस्था नभएको, स्वाध्ययन विदा स्वीकृतिको लागि त्रि.वि.वि. का शिक्षक कर्मचारी सम्वन्धी नियमको नियम ३१ मा छुट्टै व्यवस्था भई पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरी पछिवाट स्वीकृत गर्न नमिल्ने देखिएको, अनुपस्थित अवधि देखि नै लागू हुने गरी कार्यकारी परिषद्ले सजाय गरेकोमा पुनरावेदन आयोगवाट निर्णय मितिदेखि नै सजाय लागू हुने भनी सच्याएको अवस्थामा निवेदकका विरुद्धमा भएको निर्णयलाई अतीतप्रभावी समेत भन्न नमिल्ने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7419
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश ।
निर्णय वर्ष / मिति2061/08/10
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री हरिजंग सिजापति | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझीको राय । | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझीको रायसँग सहमत नभएकोले प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री सुशीला सिंह शिलुको राय । | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको राय मनासिव ठहर्छ । मिसिल नियमानुसार गरी बुझाईदिनु ।
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7419
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्