नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7435 · वि.सं. २०६१

नि.नं. 7435 — मोही निष्काशन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पुनरावेदक प्रतिवादीले पेश गरेको नगदी रसिदबाट के वापत, कुन जग्गाको, को जग्गाधनीलाई, कुन सालको कूतवाली धरौट राखेको भन्ने नदेखिएको र सम्बन्धित गाऊँ विकास समितिले दिएको जवाफबाट समेत त्यस्तो धरौट राखेको भनी जिकिर लिएको धरौटी रकम आम्दानी वाँधेको तथा ७ दिन भित्र जग्गाधनीलाई सूचना दिएको भन्ने देखिन नआएबाट भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३६ अनुरुप वाली धरौट राखेको रसिद हो भन्न नमिल्ने । § प्रतिवादीले दावीको सालको कूतवाली प्रत्यर्थी जग्गाधनीलाई वुझाएको र सम्बन्धित निकायमा धरौटी राखेको समेत नदेखिएको हुँदा भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३६ वमोजिम आपूmले कमाउदै आएको जग्गाको तोकिएवमोजिमको कूत वाली जग्गाधनीलाई वुझाउनु पर्ने दायित्व पूरा नगर्ने पुनरावेदक मोहीलाई दफा २९(१) वमोजिम मोही हकबाटै निष्काशन गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसला सो हदसम्म मिलेकै देखिंदा सदर हुने । § वादीको दावी नै नरहेको बिषयमा प्रतिवादीबाट कूत भराइ दिने ठहराएको पुनरावेदन अदालतको फैसला वादी दावी भन्दा वाहिर गई भएको देखिंदा सोतर्फको ठहर बुँदा सम्म नमिली केही उल्टी हुने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7435
मुद्दाको विषयमोही निष्काशन ।
निर्णय वर्ष / मिति2061/02/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री शुसिला सिंह सिलु
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7435
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्