नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7428 · वि.सं. २०६१
नि.नं. 7428 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ Autospy Report बाट मृत्युको कारण निश्चित हुन नसके पनि सो Report बाट मृतकको शरिरमा धेरै चोटहरु परेको देखिन्छ । मृतकले विष सेवन गरेपछि हुने छट्पटाहटको कारण शरिरमा विभिन्न चोट लागेको मान्ने हो भने पनि Autospy Report बाट त्यस किसिमको चोट हो भनी मान्न सकिने अबस्था नदेखिने । § दाइजोको विषयको विवादलाई निरन्तरता दिई आफ्नो लुगा नधोएको थप निहुँ झिकी प्रतिवादीले पवित्रा खड्कालाई मरणासन्न अबस्थामा पुग्ने गरी पिटेको तथ्य अनुसन्धानको क्रममा अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादीले कागज गरेको र मृतकको शरिरमा यत्रतत्र चोट देखिएपछि पुनरावेदक प्रतिवादी श्रवणकुमार खड्काले मरणासन्न अबस्थामा पुग्ने गरी कुटपिट गरेको भन्ने तथ्य स्थापित भइरहेको, मृतकको मृत्युको कारण सो बाहेक अन्य कारण पुष्टि हुन नआएको हुँदा निजको अदालतमा भएको इन्कारी बयानलाई एक मात्र आधार मानी कसूरबाट उन्मुक्ति पाउन सक्ने अबस्था प्रमाणबाट नहुँदा प्रतिवादीलाई ज्यान सम्बन्धी महलको १३(२) बमोजिम सर्वश्वसहित जन्मकैद हुने । § प्रतिवादी रामकुमार खड्काको हकमा मिसिल संलग्न कागज प्रमाण समेतबाट उक्त वारदातमा संलग्न भएको भन्ने पुष्ठी हुन नआएबाट केवल जाहेरीकै आधारले मात्र ज्यान जस्तो गम्भिर अपराधमा दोषी कायम गर्न नमिल्ने भै कसूर कायम हुन सक्ने अबस्था नहुने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7428 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2061/06/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री हरिजंग सिजापती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7428 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
