नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7424 · वि.सं. २०६१

नि.नं. 7424 — लागूऔषध (अफिम खेती)

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अ.वं. ७२ नं. वमोजिम जस्को हकमा कारवाही गर्नुपर्ने हो सो को हकमा अभियोगपत्र स्वीकार गरी अर्को वारदात र प्रतिवादीको हकमा छुट्टै अभियोगपत्र लिई आउनु भन्ने आदेश गर्नुपर्नेमा दुवै प्रतिवादीको हकमा दायर हुन आएको अभियोग पत्र स्वीकार गरी लिइसकेको अवस्थामा पुरै अभियोगपत्र अ.वं. ७२ नं. ले खारेज गर्न मिल्दैन पहिलो क्रमको प्रतिवादीको हकमा यसै अभियोगपत्रवाट निर्णय गर्नुपर्ने हुँदा अभिचन राउतको हकमा इन्साफ दिनुपर्ने । § ३० वोट अफिम वरामद गर्दा मौकामा यी प्रतिवादी पनि रोहवरमा वसी उक्त मुचुल्कामा सहीछाप समेत गरिदिएको अवस्थामा लागूऔषध ( नियन्त्रण ) ऐन २०३३ को दफा ८ को प्रयोजनको लागि उक्त वरामदी मुचुल्कालाई अन्यथा भन्न मिल्ने अवस्था देखिन नआउने। § लागूपदार्थ (नियन्त्रण) ऐन २०३३ को दफा १२ वमोजिम खेती गरेको जग्गामा लागु पदार्थ फेला परेमा कानून वमोजिम आदेश प्राप्त गरी खेति गरेको वा राखेको हो भन्ने कुराको प्रमाण प्रतिवादीले नै पुर्‍याउनु पर्नेमा त्यस्तो कुनै सवूत प्रमाण प्रस्तुत गर्न सकेको देखिएन । ऐनले नै वैधताको प्रमाण पुर्‍याउनु पर्ने दायित्व सुम्पिएको यी प्रतिवादीले आफ्नो दायित्व पुरा गर्न नसकेको अवस्थामा वरामद भएको परिमाणमा अवैध रुपमा लागु पदार्थ अफिम खेती गरेको होइन भन्न नमिल्ने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7424
मुद्दाको विषयलागूऔषध (अफिम खेती)
निर्णय वर्ष / मिति2060/12/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री बलिरामकुमार
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7424
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्