नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7416 · वि.सं. २०६१

नि.नं. 7416 — लेनदेन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लिखतमा नै रकम असुले पनि वा जग्गा नै दाखिल खारेज गरी साहुले एकलौटी कायम गरेमा मन्जुर छ भन्ने व्यहोरा उल्लेख भएकोले करार ऐन अन्तर्गत नै वादीले दावी लिनुपर्ने भन्ने नदेखिई रकमतर्फ दावी लिन सक्ने लिखतमा नै तमसुकी व्यहोरा र भाखा राखी साँवा व्याज भराई लिन पाउने उल्लेख गरेको हुँदा साँवा व्याजमा दावी लिएकोलाई अन्यथा भन्न नमिल्ने । § मिति २०५२।६।१२ मा भएको लिखतमा लागेको सहिछाप प्रतिवादीको हो होइन भनी विशेषज्ञ जाँच गराउँदा लिखतमा लागेको सहिछाप प्रतिवादी कै हो भन्ने विशेषज्ञको राय भएको र प्रमाण ऐन, २०३१ को दफा ५२ वमोजिम आफ्नो राय समेतलाई पुष्टी हुने गरी निजले बकपत्र गरी दिएबाट सोही ऐनको दफा २३(७) बमोजिम निजको रायलाई प्रमाणमा लिन मिल्ने नै देखिने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7416
मुद्दाको विषयलेनदेन ।
निर्णय वर्ष / मिति2061/02/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री वलराम के.सी.
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7416
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्