नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7415 · वि.सं. २०६१

नि.नं. 7415 — उत्प्रेषण परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम २०४अनुसार ’सम्वन्धित क्याम्पसले परीक्षाको लागि आवश्यक शर्तहरु पूरा गरी योग्य घोषित भई जाँच दिएकोलाई अन्यथा भन्न नमिल्ने । § नियम २१७, २२१ ले निवेदकलाई ०५७ मा दिएको प्रथम खण्ड पुनः वा पूरक परीक्षामा बस्न पाउने र ०५८ सालको दोश्रो खण्डको अध्ययन गर्न र परीक्षामा बस्न पाउने कानूनी हक परित्याग गरी पुनः नियमित विद्यार्थी भै ०५७ सालमा प्रथम खण्ड र ०५८ सालमा दोश्रो खण्डमा पढ्नबाट कानूनले स्पष्ट रोक नलगाएको स्थितिमा ०५७ सालमा दिएको परीक्षालाई ०५६ सालमैं दिएको भन्न तर्कयुक्त नदेखिने । § कानूनले प्रष्टरुपमा प्रतिबन्ध नलगाएको अवस्थामा कुनै तह वा विषयमा एकपटक भर्ना भै केही विषयमा मात्र परीक्षा दिएको अवस्थामा दोश्रो वर्षमा भर्ना भै प्रथम वर्षको पूरक परीक्षा दिने वा त्यसलाई परित्याग गरी पुनः नयाँ भर्ना भै नियमित विद्यार्थी बन्ने भन्ने कुरा विद्यार्थीको स्वेच्छाको विषय भएको हुँदा निवेदकले पुनः भर्ना गरेको शैक्षिक वर्ष २०५७–२०५९ (०५८ र ०५९ को परीक्षा) को आधारमा निवेदकलाई नियमित विद्यार्थी मानी ट्रान्सक्रिप्ट दिई सर्बप्रथम घोषणा गर्नुका साथै सोको आधारमा प्रदान गरिने उपाधि तथा पदक समेत प्रदान गर्नु भनि विपक्षीहरुको नाममा परमादेश समेत जारी हुने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7415
मुद्दाको विषयउत्प्रेषण परमादेशसमेत
निर्णय वर्ष / मिति2061/06/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनुपराज शर्मा | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7415
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्