नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7420 · वि.सं. २०६१

नि.नं. 7420 — कुलोपानी हटक खिचोला मेटाई पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मिति २०३३।१०।१२ को पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलाबाट प्रत्यर्थी प्रतिवादीहरुले विवादित फेदी खोलाको कुलोको पानी प्रयोग गरी सकेपछि यी वादीहरुको जग्गामा समेत पानी पटाउन पाउने भन्ने देखिन आएको अवस्था देखिएको र हाल प्रतिवादीहरुले पानी लगाउन नदिएको भन्ने दावी समेत रहेको देखिदां प्रस्तुत फिराद लाग्नै नसक्ने भन्न नमिल्ने । § खोलाको पानी स्वभावैले वगेर जाने प्रकृतिको भएको र जग्गा आवाद गर्नेको महलको १ नं को कानूनी व्यवस्थाले पनि कुलो निमार्ण गर्ने यी प्रतिवादहिरुले पानी प्रयोग गरी सकेपछि सो कुलोको पानी यी वादीहरुले समेत प्रयोग गर्न पाउने अवस्था विद्यमान रहेकै देखिदा विवादित कुलो यी प्रतिवादीहरुले वनाएको ठहर भई पहिले यी प्रतिवादीहरुले सो कुलोको पानी प्रयोग गर्न पाउने फैसला अन्तिम भएर वसेको अवस्थामा विवादको कुलोमा वादी दावी बमोजिम निजहरुको हक कायम हुन सक्ने अवस्था नदेखिंदा दावी नपुग्ने ठहर गरेको पुनरावेदन अदालतको फैसला सदर हुने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7420
मुद्दाको विषयकुलोपानी हटक खिचोला मेटाई पाउँ ।
निर्णय वर्ष / मिति2061/08/17
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री अनुपराज शर्मा | माननीय न्यायाधीश श्री परमानन्द झा | माननीय न्यायाधीश श्री बलिरामकुमारको रायसँग सहमत नहुँदा प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)क बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय । | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको रायसँग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री बलिरामकुमार को राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०६०।१२।९ को फैसला । | माननीय न्यायाधीश श्री वलिरामकुमारको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहश प्रस्तुत गर्नुभयो । प्रत्यर्थी प्रतिवादीकोतर्फबाट विद्वान अधिवक्ता श्री रामजी विष्टले विवादित फेदी खोलाको कुलो यी प्रतिवादीहरुले नै वनाएको भन्ने कुरा स्थापित भएको छ । वादीहरुको जग्गा खेत नभै पाखो जग्गा हो । प्रतिवादीको जग्गा खेत भएको र अरु खोलाको पानीबाट सिंचाइ हुने अवस्था पनि नरहेको नक्साबाट पनि सो कुरा पुष्टि हुन्छ । विवादित फेदी खोलाको पानी पहिले यी प्रतिवादीहरुले प्रयोग गर्न पाउने भन्ने कुरा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलाबाट अन्तिम भएर रहेको छ । प्रतिवादीले प्रयोग गरेपछि वादीले पनि प्रयोग गर्न पाउने भन्ने फैसलाले भनेको अवस्थामा वादीले सो कुलोको पानी एकलौटी प्रयोग गर्न पाउनुपर्छ भन्न मिल्दैन । वादी नपुग्ने ठहर गरेको माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहश जिकिर प्रस्तुत गर्नु भयो । | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय सदर हुन्छ । नियमानुसार गरी मिसिल वुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7420
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्