नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7414 · वि.सं. २०६१

नि.नं. 7414 — जवर्जस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मिसिल संलग्न प्रमाण कागजबाट जबरजस्ती करणी भएको हो, होइन यकिन भन्न नसकिने भन्ने समेतको मेडिकल रिर्पोट देखिएको परिप्रेक्ष्यमा प्रत्यक्षदर्शी भनिएकी घुरनी सदा र सह–अभियुक्त हरिनारायण सदाले समेत मौकाको भनाइमा प्र.हीरालालले करणी गरेको हो भनी किटी लेखाई नदिएको अवस्थामा पीडित भनिएकी राम कुमारी चौधरीको विरोधाभाषपूर्ण भनाइ मात्रै को आधारमा प्रतिवादी हिरालाल समेत भई वारदात घटना घटाएको भनी मान्न न्यायसम्मत हुने देखिन नआउने । § मेडिकल जाँच गर्दा समेत जबरजस्ती करणी भएको हो, होइन यकिन हुन नसकेकोमा घटनास्थल प्रकृति मुचुल्का र सनाखत कागज मात्रैको आधारमा यी प्रतिवादी हिरालाल समेत भई जबरजस्ती करणी भए गरेको रहेछ भन्न नमिल्ने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7414
मुद्दाको विषयजवर्जस्ती करणी
निर्णय वर्ष / मिति2060/11/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामनगिना सिंह | माननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7414
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्